आयात मात्रै होइन, अब कर्णालीले निर्यातमा जोड दिनुपर्छ : मुख्यमन्त्री शाही « Khabarhub

आयात मात्रै होइन, अब कर्णालीले निर्यातमा जोड दिनुपर्छ : मुख्यमन्त्री शाही


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आयातमा मात्र नभई निर्यातमा पनि जोड दिन आग्रह गरेका छन् ।

युवा उद्यमी तथा व्यवसायी संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा आयात मात्र हुने गरेकोमा अब निर्यातमा जोड दिन आग्रह गरेका हुन् ।

कर्णालीमा रहेका करोडौ रुपैयाँका बहुमुल्य वस्तु (जडिबुटी) लाई यही प्रसोधन गरेर निर्यात गर्न सकिए सबै लाभावान्दित हुने उनले बताए । ‘हामीसँग बहुमुल्य जडिबुटी छन् । त्यसलाई संकलन गरेर भारततर्फ निर्यात मात्र गरेको छौं ।’ उनले भने, ‘त्यसलाई यही प्रसोधन गरेर निर्यात गरेको भए अफै बढी फाइदा लिन सक्थ्यौं ।’

मुख्यमन्त्री शाहीले यो क्षेत्रमा बहुमुल्य च्याउ, झ्याउ र स्याउ रहेको बताए । ‘तर, त्यसको व्यवस्थापन गर्न सकेका छैनौं,’ उनले भने, ‘त्यसलाई व्यवस्थित र बजारीकरण गर्न सकियो भने धनी हुन धेरै बेर कुर्नु पर्दैन् ।’

कर्णाली विकासका लागि ६ वटा ‘ब’ लागु गर्न सके यहाँको विकासको ढोका खुल्ने मुख्यमन्त्री शाहीले बताए । ‘बाटो, बिजुली, बजार, विचार, वन र व्यवस्थापन अति आवश्यक हो ।’ उनले भने, ‘विकट प्रदेशमा कनेक्टिभिटी राम्रो भए स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर सृजना हुनसक्थे ।’

यस्तै कर्णालीको आर्थिक विकासका लागि औद्योगीकरण आवश्यक रहेको सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । ‘हामीले कर्णालीको विकासका लागि उद्योग नै सञ्चालन गर्न सकेका छैनौं ।’ उनले भने, ‘उद्योगधन्दामा लगानी भित्र्याउन आवश्यक रहेको छ ।’

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  २ : ३० बजे

दबाबबीच इरानमा क्रान्ति दिवस

एजेन्सी– इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार

सुरक्षित इन्टरनेट दिवस २०८२ : एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

काठमाडौं– सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा

राष्ट्रियसभामा अर्थमन्त्रीको जवाफ- रोक्का आयोजनाको रकम फुकुवा भइसकेको छ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठन भएपछि रोक्का गरिएका

निर्वाचनमा कुनै तालमेल हुँदैन, नेकपा एक्लै संसद्‌मा ठूलो पार्टी बन्छ : प्रचण्ड

कास्की– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन

दोलखाका युवा नेता खड्काले लिए उम्मेदवारी फिर्ता, कांग्रेसका शिवाकोटीलाई सघाउने

दोलखा- युवा नेता एवम् दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेदवार महेन्द्र