अपराजित महिला भलिबल टोली लगातार दोस्रो पटक फाइनलमा « Khabarhub

अपराजित महिला भलिबल टोली लगातार दोस्रो पटक फाइनलमा


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको छ ।

सोमबार सहिद सुरावर्दी कर्भडहलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनल पुगेको हो ।

सुरुआतबाटै दबाब बनाएको नेपालले २५-८, २५-१४, २५-१६ ले खेल आफ्नो पक्षमा पारेको हो । सलिना श्रेष्ठ, शान्ति थारु, अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी लगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल लगातार प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

अब, नेपालले उपाधिका लागि भोलि (मंगलबार) उज्वेकिस्तानसँग खेल्नेछ ।

बिहीबार शुरू प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाली महिला टोलीले श्रीलंकासँग ३-२ को जित निकालेको थियो । दोस्रो खेलमा माल्दिभ्स, तेस्रो खेलमा आयोजक बंगलादेश र चौथो खेलमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो ।

यसअघि महिला टोलीले बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो । प्रतियोगितामा साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टोलीको सहभागिता थियो ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  २ : १५ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए