गाईसँग बस्ने किलीको बलिउड प्रेम « Khabarhub

गाईसँग बस्ने किलीको बलिउड प्रेम


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– गत महिना ताञ्जानियाका किली पल चर्चामा आए । बलिउड गीतमा कहिले लिपसिंक त कहिले धमाकेदार नृत्य गरेको भिडियो सार्वजनिक भएपछि उनको चर्चा चुलियो । उनी भिडियो बनाउछन् र सामाजिक सञ्जालमा राख्छन् । जुन भिडियो तुरुन्तै भाइरल बन्छन् ।

भारतमा उनको फलोअर्सको संख्या उल्लेख्य छ । उनको भिडियो हेर्ने अधिकांश फ्यानले किलीले हिन्दी गीतको शब्दलाई कसरी सम्झिन्छन् भन्ने चासो राख्छन् ।

किली बाल्यकालदेखि नै बलिउड फिल्म र गीत मनपराउथे । शुरुवाती समयमा उनी एक्लै भिडियो बनाउथे, तर विस्तारै उनको यो काममा बहिनी नीमाले सहयोग गरिन् । ‘मलाई बलिउडको फिल्मको निकै मनपर्छ किनकी म भारतीय फिल्म हेरेरै हुर्किएको हुँ । म लामो समयदेखि बलिउडका गीत सुनिरहेको छु । त्यहीकारण हिन्दी गीतमा मेरो रुची बढेको छ’, उनी भन्छन् ।

किली ताञ्जानियामा गाईहरुसँग बस्ने गर्दछन् । किनकी उनी किसान हुन् । उनीसँग धेरै संख्यामा गाई छैनन् । उनीसँग भएको मोबाइलमार्फत इन्स्टाग्राममा ट्रेन्डिङ रिल्स हेर्छन् । उनी युट्युबमार्फत नै भारतमा के ट्रेन्ड छ भनेर नियाल्छन् ।

किली र नीमाको गाउँमा बिजुली छैन । उनीहरु मोबाइल चार्ज गर्न अर्को गाउँ पुग्छन् । उनीहरुको गाउँ र अर्को गाउँको दुरी १० किलोमिटरको छ । उनीहरु आफ्नो मोटरसाइकलमार्फत मोबाइल चार्ज गर्न अर्को गाउँ पुग्छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  २ : ०२ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ