तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने | Khabarhub Khabarhub

तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान गरिएको छ । नयाँ बगैँचा विस्तार र सेपिलो ओसिलो क्षेत्रमा रहेका बगानमा धेरै सुन्तला फलेका कारण उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक छ ।

तेह्रथुममा वार्षिक तीन हजार आठ सयभन्दा बढी मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । आर्थिक बर्ष २०७७÷०७८ मा तीन हजार आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । गतवर्षको तुलना यसबर्ष १३ मेट्रिक टन उत्पादन बढ्ने ज्ञान केन्द्रको अनुमान छ ।

जिल्लाको ६ वटै स्थानीय तहमा सुन्तला उत्पादन हुँदै आएको छ । जसमध्ये आठराई गाउँपालिकामा सबैभन्दा बढी उत्पादन हुँदै आएको छ । केन्द्रका प्रविधिक सहायता विशाल राईका छथर गाउँपालिकामा भने उत्पादन कमी हुने अनुमान छ । पुराना बगानहरू व्यवस्थापनमा कमी, रोग किराका संक्रमणका साथै खासगरी सिंचाई अभाव भएका सुख्खाग्रस्त क्षेत्रमा उत्पादन कमी हुने भएको हो ।

जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेती भन्दा पनि नगदेबालीतर्फ किसानहरू आकर्षिण हुँदै आएका छन् । थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने भएका कारण पनि किसानहरू नगदेबालीतर्फ आकर्षित भएका हुन् । किसानहरूलाई सुन्तला खेतीमा व्यावसायिकता बनाउन ज्ञान केन्द्रले सुन्तला खेती बगैँचा सुधार कार्यक्रमका साथै विभिन्न तालिम गोष्ठी सञ्चालन गर्दै आएको केन्द्रले जनाएको छ । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै सुन्तला किसानलाई सहज भएको छ ।

तेह्रथुममा उत्पादन भएको सुन्तला तराईका विभिन्न जिल्लामा निर्यात हुँदै आएको छ । सामान्यतया ७० रुपैयाँदेखि एक सय रुपैयाँमा सुन्तला प्रतिकिलो बिक्री हुँदै आएको छ । सुन्तला खेतीले यहाँका किसानको जीवनस्तरसमेत उकासेको छ । दुई चार हजार रुपैयाँका लागि साहुकोमा पुग्दै आएका किसानको समस्या यही खेतीले टरेको छ ।

यहाँका किसानले एक रोपनीदेखि २० रोपनी क्षेत्रफलमा सुन्तला उत्पादन गर्दै आएका छन् । ज्ञान केन्द्रको तथ्यांङअनुसार तेह्रथुममा मात्रै ६ सय १६ हेक्टर उत्पादनशील क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  २ : ०० बजे

शेख हसिनालाई मृत्युदण्डको फैसलाले दबाबमा भारत, फिर्ता पठाउला बंगलादेश ?

नयाँदिल्ली- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आईसीटी)

रात्रि खेलमा रमाउँदै क्रिकेट प्रेमी (तस्बिरहरू)

काठमाडौं– नेपालमा पहिलो पटक क्रिकेट प्रेमीहरुले रात्रिकालीन क्रिकेटको मजा लिन

बलिङतर्फ पनि दबाबमा साविक विजेता जनकपुर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा

उत्कृष्ट करदाताहरू सम्मानित

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘कर प्रणालीको सार, लगानीको आधार’

पहिलो दिनमै प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता उत्साहजनक

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका