छड्केमा परे १४९ कर्मचारी | Khabarhub Khabarhub

छड्केमा परे १४९ कर्मचारी


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली–राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् ।

‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको टोलीले छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा यहाँका कर्मचारीले कार्यालय समय पालना नगरेको र नेपाल सरकारद्वारा तोकिएको पोशाक नलगाएको पाइएको सचिव घिमिरेले बताए ।

उनका अनुसार सुर्खेतका विभिन्न कार्यालयमा गरिएको उक्त छड्के अनुगमनका क्रममा ११८ कर्मचारी कार्यालयमा अनुपस्थित रहेका र ३१ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको छ ।

सोही क्रममा सामाजिक विकास मन्त्रालयमा २८, कृषि विकास निर्देशनालयमा आठ, ऊर्जा विकास कार्यक्रममा पाँच, मालपोत कार्यालयमा १५, भू–जलाधार व्यवस्थापन कार्यालयमा नौ, यातायात व्यवस्था कार्यालयमा छ, खानेपानी तथा सिँचाइ कार्यालयमा पाँच, नापी तथा डिभिजन वन कार्यालयमा एक÷एक कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

स्थानीय तहअन्तर्गत वीरेन्द्रनगर नगरपालिकामा २२ र गुर्भाकोट नगरपालिकामा २३ कर्मचारी अनुपस्थित रहेका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ३ : ४० बजे

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली

क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा– क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि