नेप्सेमा ६९ दशमलव ७७ अंकको उच्च गिरावट « Khabarhub

नेप्सेमा ६९ दशमलव ७७ अंकको उच्च गिरावट


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आइतबार भने नेप्से ७१ दशमलव २० अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

सोमबार कारोबार रकममा भने वृद्धि भएको छ । आज २३८ कम्पनीको ६७ हजार ७६० कित्ता सेयर खरिद–बिक्री हुँदा कुल पाँच अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ । आइतबार पाँच अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी कारोबार नबिल बैंक रहेको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएको छन् । आज शून्य दशमलव ६ प्रतिशतदेखि पाँच प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा गोर्खाज फाइनान्स र मध्यभोटेकोसी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको सेयर मूल्य आज सर्किट लेभलमा पुगेको छ । त्यस्तै, आज जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रो कम्पनीको सेयर मूल्यमा धेरै गिरावट आएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ३ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको