नेप्सेमा ६९ दशमलव ७७ अंकको उच्च गिरावट | Khabarhub Khabarhub

नेप्सेमा ६९ दशमलव ७७ अंकको उच्च गिरावट


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आइतबार भने नेप्से ७१ दशमलव २० अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

सोमबार कारोबार रकममा भने वृद्धि भएको छ । आज २३८ कम्पनीको ६७ हजार ७६० कित्ता सेयर खरिद–बिक्री हुँदा कुल पाँच अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ । आइतबार पाँच अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी कारोबार नबिल बैंक रहेको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएको छन् । आज शून्य दशमलव ६ प्रतिशतदेखि पाँच प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा गोर्खाज फाइनान्स र मध्यभोटेकोसी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको सेयर मूल्य आज सर्किट लेभलमा पुगेको छ । त्यस्तै, आज जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रो कम्पनीको सेयर मूल्यमा धेरै गिरावट आएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ३ : ५८ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु