भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त « Khabarhub

भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– भारी हिमपातका कारण सोमबार मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ ।

‘कान्साई इलेक्ट्रिक पावर’का अनुसार यस क्षेत्रमा हिमपातका कारण विद्युत आपूर्तिमा अवरोध हुँदा तीन हजार २०० भन्दा बढी परिवारहरू विद्युतविहीन अवस्थामा अन्धकारमा बस्न बाध्य बनेका छन् । अधिकारीहरूले सोमबार राति पनि थप हिउँपर्ने पूर्वानुमान गर्दै सावधानी अपनाउनका आग्रह गरेका छन् ।

हिमबर्षा र चिसो मौसमका कारण अहिलेसम्म कुनै चोट वा मृत्यु को पुष्टि नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताए।

मात्सुनोले भने, “हिउँदे वायुको कडा चापको केन्द्र उक्त क्षेत्रमा परेकाले भारी हिउँ परेको र मुख्यतया उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिमपात भइरहेको छ । भोलि हिउँको मात्रा बढ्ने अनुमान गरिएको छ । अझ बढी सावधानी अपनाउनु आवश्यक देखिन्छ ।”

“अलपत्र परेका गाडीहरूको कारण शिगा क्षेत्रको एउटा प्रमुख सडक बन्द गरिएको भएपनि अपरान्हतिर गाडीहरू चल्न थालेका टिभी फुटेजमा देखिएको मात्सुनोले बताए।

सार्वजनिक प्रसारक एनएचकेका अनुसार हाइकोन शहर नजिकै एउटा ट्रक चिप्लिएपछि ट्राफिक जाम सुरु भएको थियो । उक्त स्थानमा सोमबार बिहानसम्म २४ घण्टाको अन्तरालमा ६८ सेन्टिमिटर हिउँको सतह बनेको एनएचकेले बताएको छ । हाइकोन शहर नजिकमा यो औसत भन्दा ३० गुणा बढी हिमबर्षा हो ।

एनएचकेले यस क्षेत्रको स्थानीय रेल लाइनमा रेल फसेपछि रातभर झन्डै २०० यात्रुहरू हिउँमा अलपत्र परेको बताएको छ ।

हिउँको कारण आइतबार पनि लगभग १३० घरेलु उडान रद्द गरिएको जिजी प्रेसले बताएको छ । सोमबार लगभग ५० उडान रद्द भएका एनएचकेले जापानी उड्ययन अधिकारीलाई उद्धृत गरी लेखेको छ । एएफपी

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ४ : ५५ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक