सेनाका ७ उपरथी, ३९ सहायक रथी र ४६ महासेनानीको सरुवा तथा पदस्थापन « Khabarhub

सेनाका ७ उपरथी, ३९ सहायक रथी र ४६ महासेनानीको सरुवा तथा पदस्थापन


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका ७ उपरथी, ३९ सहायक रथी र ४६ महासेनानीको सरुवा तथा पदस्थापन गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले ८ पुसबाट लागू हुनेगरी बढुवा भएका दुई उपरथी, सात सहायक रथी र सात महासेनानीको पदस्थापन गरेको छ । यस्तै पाँच उपरथी, ३२ सहायक रथी र ३९ जना महासेनानीको सरुवा गरिएको सेनाले जनाएको छ।

उपरथीमा बढुवा भएका सहायक रथीद्वय प्रदिपजंग केसी सैनिक इन्टेलिजेन्स कोरको प्रमुख बनेका छन् भने योगराज शर्मालाई उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापति पदस्थापन गरिएको छ ।

सहायक रथीमा बढुवा भएका भोलानाथ थापालाई राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार निर्माण विकास समितिको कार्यालय थमौती गरिएको छ । विष्णुकुमार खड्कालाई १ नम्बर बाहिनीपतिमा पदस्थापन गरिएको छ ।

२१ नम्बर बाहिनी अड्डामा काज रहेका कृष्णप्रसाद भण्डारीलाई त्यही बाहिनीपति बनाइएको छ । उपत्यका कमाण्डमा रहेका प्रकाशराज थापालाई मध्य कमाण्ड पठाइएको छ । पूर्वी कमाण्डमा दरबन्दी भएर युद्धकार्य निर्देशनालयमा काज रहेका भुवन खत्रीलाई विशेष फौज बाहिनीको बाहिनीपति बनाइएको छ ।

नीति तथा योजना निर्देशनालयमा रहेका ज्योतिन्द्र महतलाई २६ नम्बर बाहिनीपति बनाइएको छ । १ नम्बर बाहिनीमा रहेका कुमार सिलवाललाई १६ नम्बर बाहिनीपति बनाइएको छ ।

यस्तै प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका शरद लामिछाने (नीति तथा योजना निर्देशनालय), भेष बहादुर केसी (सैनिक नियम पालक प्रोभोष्ट मार्सल), संजित श्रेष्ठ (सचिव, पीएसओजको कार्यालय), विनोद चन्द (पूर्वी कमाण्ड), सुधिरप्रताप सिंह (पश्चिम कमाण्ड), हरिशबहादुर बम (मध्य कमाण्ड) र सुमन खड्का (सहायक बाहिनीपति, २४ नम्बर बाहिनी) मा पदस्थापन भएका छन् ।

उपरथी अनन्त कार्कीलाई राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार निर्माण विकास समितिको कार्यालयमा काज थमौती गरिएको छ । यस्तै निरीक्षण अधिकृत विभागमा रहेका उपरथी सिताराम खड्कालाई सैनिक तालिम महानिर्देशनालयको महानिर्देशक बनाइएको छ । उपरथी निरन्जनकुमार श्रेष्ठको निरीक्षणाधिकृत विभागमा सरुवा गरिएको छ ।

सैनिक सचिव विभागको अतिरिक्त समूहमा दरबन्दी भएर शोध तथा विकास महानिर्देशनालयमा काज सरुवा गरिएका उपरथी विज्ञान देव पाण्डेलाई त्यहीको महानिर्देशक बनाइएको छ ।

जंगी अड्डाले विपद व्यवस्थापन निर्देशनालयमा रहेका सहायक रथी रामनाथ शर्मा ढुंगानाको उपत्यका कमाण्ड, पश्चिम कमाण्डमा रहेका सहायक रथी मिनध्वज खड्काको तालिम योजना तथा अभ्यास निर्देशनालय, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमा रहेका सहायक रथी लवकुमार रायमाझीलाई राष्ट्रिय सेवा दलको निर्देशकको रुपमा सरुवा गरिएको छ ।

यस्तै नेपाली सैनिक व्याटल स्कुलमा रहेका सहायक रथी दिपककुमार बाँनियाको तालिम निर्देशनालय, सैनिक तालिम महानिर्देशनालय, राष्ट्रिय सेवा दलमा रहेका सहायक रथी शंकरबहादुर पण्डीतको मानव अधिकार निर्देशनालयको निर्देशक, निरीक्षण निर्देशनालयमा रहेका सहायक रथी होमनाथ दवाडीलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सहायक संयोजक, भर्ना छनौट निर्देशनालयमा रहेका सहायक रथी याम प्रसाद ढकाल निर्देशक, विपद व्यवस्थापन निर्देशनालय, सर्भे तथा सीमा अनुगमन निर्देशनालयमा रहेका सहायक रथी सागर बहादुर थापाको सैनिक ईण्टेलिजेन्स कोरसहित सैनिक प्रशासन तथा व्यवस्थापन निर्देशनालयको निर्देशक समेतको जिम्मेबारी,२१ नम्बर बाहिनी अड्डा दरबन्दी भएर सैनिक कल्याणकारी महानिर्देशनालयमा काज रहेका सहायक रथी विजय थापाको सैनिक कल्याणकारी योजना निर्देशकको कार्यालय, सैनिक कल्याणकारी महानिर्देशनालय, सैनिक सामग्री प्राप्ती निर्देशनालयमा रहेका सहायक रथी आशबहादुर तामाङ्गको नेपाली सैनिक वार कलेज र शान्ति कार्य निर्देशनालयमा रहेका सहायक रथी सुदर्शन सिलवालको मध्य कमाण्डमा सरुवा भएको छ ।

यस्तै सरुवा नियुक्ती हुने सहायक रथीहरुमा सैनिक इन्टेलिजेन्स कोरमा रहेका सहायक रथी सुशिल कुमार भण्डारी निर्देशक, निरीक्षण निर्देशनालय र २६ नम्बर बाहिनी अड्डामा रहेका सहायक रथी विष्णु राउत निर्देशक, भर्ना छनोट निर्देशनालयमा सरुवा भएको छ ।

जंगी अड्डाले सैनिक प्रवक्ता रहेका जनसम्पर्क तथा सूचना निर्देशनालयका सहायक रथी सन्तोष बल्लभ पौडेललाई शान्ति कार्य निर्देशनालयको निर्देशक बनाएको छ । यस्तै १ नम्बर बाहिनीपति सहायक रथी नारायण सिलवाललाई सैनिक प्रवक्तासहित जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक बनाइएको छ ।

जंगी अड्डाले सैनिक सचिव विभागमा रहेका सहायक रथी सुनिल श्रेष्ठ निर्देशक, सैनिक विशेष ईण्टेलिजेन्स निर्देशनालय, पूर्वी कमाण्डमा रहेका सहायक रथी यम बहादुर अधिकारी निर्देशक, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय, ३ नम्बर बाहिनीपति सहायक रथी कुमार बाबु थापा निर्देशक, सैनिक संगठन निर्देशनालय, १९ नम्बर बाहिनीपति सहायक रथी मदन कुमार केसी निर्देशक, सीमा अनुगमन तथा सर्भे निर्देशनालय, विशेष फौज बाहिनी सहायक रथी ध्रुवप्रकाश शाह पूर्वी कमाण्ड, २३ नम्बर बाहिनीपति सहायक रथी कृष्णराज आचार्य राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, ४ नम्बर बाहिनीपति सहायक रथी हरेन्द्र पाठक निर्देशक, आपूर्ति तथा परिवहन निर्देशनालय, २२ नम्बर बाहिनीपति सहायक रथी टिकाराम गुरुङ्ग निर्देशक, सैनिक सामग्री प्राप्ती निर्देशनालय, मध्य कमाण्डमा रहेका सहायक रथी जोन्सन खड्का बाहिनीपति, १५ बाहिनी अड्डा, सैनिक कमाण्ड तथा स्टाफ कलेज सहायक रथी प्रेम बहादुर पुन बाहिनीपति, ३ नम्बर बाहिनी अड्डा, २५ नम्बर बाहिनीपति सहायक रथी कृष्ण बहादुर जिसी सह९शिक्षाध्यक्ष, सैनिक कमाण्ड तथा स्टाफ कलेज, १६ नम्बर बाहिनीपति सहायक रथी सुनिलराज विष्ट पश्चिम कमाण्ड, राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा रहेका सहायक रथी नवराज गुरुङ्ग बाहिनीपति, २२ नम्बर बाहिनी अड्डा, १५ नम्बर बाहिनीपति सहायक रथी टंक प्रसाद भट्ट पश्चिम कमाण्ड र नेपाली सैनिक वार कलेजमा दरबन्दी भएर सैनिक सचिव विभागमा काज रहेका सहायक रथी गौरव कुमार केसीको सैनिक सचिव, सैनिक सचिव विभागमा सरुवा भएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : ०० बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट