भारतमा कोरोना निर्देशिकाको म्याद थप « Khabarhub

भारतमा कोरोना निर्देशिकाको म्याद थप


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरी लम्ब्याइएको छ ।

भारतीय केन्द्रीय सरकारले बुधबार निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा एक महिना लम्ब्याइएको घोषणा गरेको हो ।

हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजरको प्रयोग गर्नु पर्ने वा निरन्तर साबुन पानीले हात धुनु पर्नेलगायतका नियम कडाइका साथ पालना गर्नु पर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

यसअघि यो निर्देशिका यही जनवरीको अन्त्यसम्मका लागि लागू गर्ने निर्णय भएकोमा अहिले लम्ब्याएर आगामी फेब्रुअरी २८ तारिखसम्म लागू गर्ने निर्णय भएको हो ।

भारतमा पछिल्ला केही महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या घट्दै गए पनि सरकारले निर्देशिकालाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : ५० बजे

झापा ५ का लागि ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र

दमक–आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम्

गाडीबाट ओर्लिएर पैदलयात्रीलाई मुक्का बर्साउने चालक समातिए

काठमाडौं- सडकमा हिँडिरहेका कमजोर शारीरिक अवस्थामा एकजना वृद्धलाई गाडीबाट ओर्लिएर

नेकपा संयुक्तले सार्वजनिक गर्‍यो उद्यमशील अर्थतन्त्रसहितको चुनावी घोषणापत्र

काठमाडौं– नेकपा संयुक्तले समग्र अर्थतन्त्रलाई उद्यमशील बनाउने अभियान अघि बढाउने

भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह 

काठमाडौं– सरकारले किशोरीहरूलाई भ्रामक सूचनाको पछि नलागी पाठेघरको मुखको क्यान्सर

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाखको चाँदीसहित