जेनीलाई ‘गोल्डेन ग्लोब लाइफटाइम अवार्ड’ « Khabarhub

जेनीलाई ‘गोल्डेन ग्लोब लाइफटाइम अवार्ड’


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स(एजेन्सी)– फिल्म र टेलिभिजनको उत्सवका रुपमा चिनिँदै आएको ‘गोल्डेन ग्लोब अवार्ड’मा यस वर्ष अमेरिकी अभिनेत्री जेनी फोण्डालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । यो अवार्ड आगामी महिना आयोजना हुँदैछ ।

अवार्ड आयोजक हलिउड फरेन प्रेस एसोसिएसनले अभिनेत्रीको निर्विवाद प्रतिभाले उनलाई उच्च तहमा पुर्‍याएको उल्लेख गर्दै उनको योगदान अतुलनीय रहेको जनाएको छ । ‘उनको व्यावसायिक जीवनले विभिन्न आरोह अवरोह भोगेको छ । उनको अटल प्रतिबद्धताले उनको जीवनमा आमूल परिवर्तन ल्याएको छ’, एसोसिएसनले भनेको छ । ८३ वर्षकी फोन्डाले फिल्ममा झन्डै ६ दशक बिताइसकेकी छन् ।

आयोजकका अनुसार आगामी फेब्रुअरी २८ मा क्यालिफोर्नियाको बेभर्ली हिल्समा आयोजना हुने विशेष कार्यक्रममा उनलाई ‘सेसिल बी डेमिली अवार्ड’ दिइनेछ । ओस्कार अवार्ड विजेता यी अभिनेत्रीले सन् १९६० मा फिल्मी डेब्यू गरेकी थिइन् । ‘बार्बरेला’, ‘नाइन टु फाइभ’ र ‘अन गोल्ड पोण्ड’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई हलिउडकै चम्किलो तारा मानिन्छ । उनले पछिल्लो पटक नेटफ्लिक्सको कमेडी सिरिज ‘ग्रेस एण्ड फ्रेन्की’ मा अभिनय गरेकी छन् ।

फोण्डा राजनीतिक कार्यकतासँगै जलवायू परिवर्तन अभियन्ता पनि हुन् । सन् २०१६ मा प्रदर्शनकारीहरुसँग ‘थ्यांक्स गिभिङ’ कर्याक्रममा स्टेण्डिङ रकमा आएकी थिइन् । सन् १९६० मा भियतनाम युद्धको विरोधमा आवाज उठाएकी थिइन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : ११ बजे

हुम्लामा दुई मतदानस्थल थपिए

सिमकोट– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त

भक्तपुर– सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त हुँदा

८ ओभर ४ बलको संघर्षपछि लुम्बिनीले लियो विराटनगरको तेस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै