जेनीलाई ‘गोल्डेन ग्लोब लाइफटाइम अवार्ड’ « Khabarhub

जेनीलाई ‘गोल्डेन ग्लोब लाइफटाइम अवार्ड’


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स(एजेन्सी)– फिल्म र टेलिभिजनको उत्सवका रुपमा चिनिँदै आएको ‘गोल्डेन ग्लोब अवार्ड’मा यस वर्ष अमेरिकी अभिनेत्री जेनी फोण्डालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । यो अवार्ड आगामी महिना आयोजना हुँदैछ ।

अवार्ड आयोजक हलिउड फरेन प्रेस एसोसिएसनले अभिनेत्रीको निर्विवाद प्रतिभाले उनलाई उच्च तहमा पुर्‍याएको उल्लेख गर्दै उनको योगदान अतुलनीय रहेको जनाएको छ । ‘उनको व्यावसायिक जीवनले विभिन्न आरोह अवरोह भोगेको छ । उनको अटल प्रतिबद्धताले उनको जीवनमा आमूल परिवर्तन ल्याएको छ’, एसोसिएसनले भनेको छ । ८३ वर्षकी फोन्डाले फिल्ममा झन्डै ६ दशक बिताइसकेकी छन् ।

आयोजकका अनुसार आगामी फेब्रुअरी २८ मा क्यालिफोर्नियाको बेभर्ली हिल्समा आयोजना हुने विशेष कार्यक्रममा उनलाई ‘सेसिल बी डेमिली अवार्ड’ दिइनेछ । ओस्कार अवार्ड विजेता यी अभिनेत्रीले सन् १९६० मा फिल्मी डेब्यू गरेकी थिइन् । ‘बार्बरेला’, ‘नाइन टु फाइभ’ र ‘अन गोल्ड पोण्ड’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई हलिउडकै चम्किलो तारा मानिन्छ । उनले पछिल्लो पटक नेटफ्लिक्सको कमेडी सिरिज ‘ग्रेस एण्ड फ्रेन्की’ मा अभिनय गरेकी छन् ।

फोण्डा राजनीतिक कार्यकतासँगै जलवायू परिवर्तन अभियन्ता पनि हुन् । सन् २०१६ मा प्रदर्शनकारीहरुसँग ‘थ्यांक्स गिभिङ’ कर्याक्रममा स्टेण्डिङ रकमा आएकी थिइन् । सन् १९६० मा भियतनाम युद्धको विरोधमा आवाज उठाएकी थिइन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : ११ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६