ज्योति विकास बैंकले गर्‍यो १३औं वार्षिक साधारणसभा, ३ लाख बढि खाताबाट ४६ अर्ब निक्षेप संकलन « Khabarhub

ज्योति विकास बैंकले गर्‍यो १३औं वार्षिक साधारणसभा, ३ लाख बढि खाताबाट ४६ अर्ब निक्षेप संकलन


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा बुधबार सम्पन्‍न भएको छ। उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६ र ७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकले १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ। बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६ र ७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, साधारणसभाले ज्योति विकास बैंक लि. संस्थापक सेयरधनी समुहको तर्फबाट हरि प्रसाद , हरि चन्द्र खड्का , सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेश राज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

कोरोना भाइरस (कोभिड(१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो ।

बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : ३९ बजे

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक