चौथोपटक फाइनल पुगेको आर्मीको बाग्मतीमाथि विशाल जीत | Khabarhub Khabarhub

चौथोपटक फाइनल पुगेको आर्मीको बाग्मतीमाथि विशाल जीत


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब लगातार चौथोपटक फाइनलमा पुगेको छ । बिहीबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आर्मीले बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

चौथो संस्करणमा फाइनल पुगेको आर्मीले शसस्त्र प्रहरी बलको एपीएफ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । तीन पटक फाइनल खेलिसकेको आर्मीले अहिलेसम्म ट्रफी उचाल्न भने सकेको छैन । यद्यपी पहिलो संस्करणको प्रधानमन्त्री कप वर्षाका कारण खेल स्थगित भएपछि आर्मीले पुलिससँग उपाधि बाडेका थिए । त्यसपछिका दुई संस्करणमा आर्मी पुलिससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

आर्मीले दिएको २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ४०. २ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ३४ रन मात्रै बनाउन सक्यो ।

फितलो ब्याटिङ गरेको बागमतिविरुद्ध आर्मीका जितेन्द्र मुखिया, विक्रम शोव र सुशन भारीले उत्कृष्ट बलिङ गरे । उनीहरुले बागमतीको ब्याटिङ चल्नै दिएनन् ।

बागमतीले शीर्ष पाँच ब्याट्सम्यान १८ रन हुँदा ५ गुमाइसकेको थियो । जसमा अदिल खानले १० रन बनाउनु बाहेक अन्य चार जनाले दोहोरो अंक जोड्न सकेनन् ।

पाँचौं विकेटका रुपमा मैदान प्रवेश गरेका बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टोलीको ब्याटिङ उकास्ने प्रयास गरेका थिए । तर, ४७ रनमा खेलिरहेका उनलाई सुशनले एलबीडब्लु धराप पारेका थिए ।

उनले ६० बलको सामना गर्दै ४ चौकाको मद्दमा ४७ रन बनाए । उनी पछि आएका विपीन आचार्यले २३ रन, नन्दन यादवले २२ रन बनाए ।

बागमतीविरुद्ध बिक्रमले १० ओभर पुरा बलिङ गर्दै ५ मेडन ओभर राख्दै २५ रन खर्चेर ३ विकेट लिए । यस्तै, जितेन्द्रले ८.२ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित २४ रन खर्चेर ४ विकेट लिए। सुशनले १० ओभर बलिङ गर्दै १ मेडन ओभरराख्दै ३६ रन खर्चेर ३ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २ सय ३० रजनको लक्ष्य दिएको थियो । प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले पुरा खेल खेल्दै १० विकेट गुमाएर २सय२९ रन बनाएको हो ।

पहिलो इनिङ्समा आर्मीका लागि राजेश पुलामी मगरले अर्धशतकीय इनिङ्स खेले । उनले ९१ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा ६५ रन प्रहार गरेका थिए । ६५ रनमा खेलिरहेका उनलाई बागमतीका गौतम केसीले विकेटकिपर ब्याट्सम्यानबाट क्याच गराएका हुन् ।

विभागीय टोलीविरुद्ध शुरुवाती बलिङमा आक्रामक देखिएका गौतम केसीले उसको ब्याटिङ कमजोर पारेका थिए । उनले शीर्ष ब्याट्सम्यान हरि चौहान, अनिल मण्डल र रोहित कुमार पौडेल, शाहब आलम र सर्वाधिक रन प्रहार गरेका राजेशलाई पवेलियन फर्काएका थिए । गौतमको उत्कृष्ट बलिङ गर्दा आर्मी १७ रनमा ३ विकेट गुमाइसकेको थियो ।

तर, चौथो विकेटका लागि भने आर्मीका भिम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गरे । उनीहरुको साझेदरी बागमतीका नन्दन यादवले तोडे । जसमा लोकेशले २३ रन बनाएका थिए । ४० रन बनाएर खेलिरहेका भिमलाई तिलक भण्डारीले पवेलियन फर्काएका थिए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

लोकेश आउट भएपछि मैदान छिरेका राजेश पुलामी मगरले आर्मीको ब्याटिङ इनिङ्स सम्हाले । उनले आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका विक्रम शोवसँग राम्रो साझेदारी गरे । उनीहरुबीच ९२ रनको साझेदारी भएको थियो । जसमा ३५ रनमा खेलिरहेका विक्रमलाई रामनरेश गिरीले विकेटकिपर आकास थापामार्फत् क्याच गराए ।

अविजित रहेका राजेशले ९१ बलको सामना गर्दै ४ छक्का र २ चौकाको मद्दतमा ६५ रन बनाए । यस्तै, सुशान भारीले १६ रन, कप्तान विनोद भण्डारीले १० रन बनाए । बागमतीका खेलाडीले आर्मीका लागि ३५ उपहार रन दियो । जसले आर्मीलाई सहज अवस्थामा पुर्याउन मद्दत गर्यो ।

टस जितेर पहिल फिल्डिङ रोजेको बागमतीका लागि बलरहरु सुरुआतमा सफल भएपनि पछि केही नर्भस भए । जसमा उनीहरुले ३५ रन एक्स्ट्रा खर्च गरे । बागमतीका लागि गौतम केसीले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ६१ रन खर्चेर ५ विकेट लिए ।

आर्मीविरुद्ध बागमतीका लागि रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान एक–एक विकेट लिए ।

प्रतियोगिताको विजेताले १० लाख पुरस्कार पाउनेछ भने उपविजेता टोलीले ५ लाख पाउनेछ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ४ : २८ बजे

कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ

ताप्लेजुङ – ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक

उधारै सम्झौतामा सकियो शिक्षक आन्दोलन

काठमाडौं– विगत २९ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरु

गृहमन्त्रीले शिक्षकलाई भने : तपाईंहरुले जित्नुभयो

काठमाडौं – गृहमन्त्री रमेश लेखकले शिक्षकले आफ्नो लडाइँमा जित हात

पोखरा एयरपोर्ट प्रतिवेदन : निर्णय प्रक्रियामा धेरै सहभागी, निश्चितलाई मात्रै दोषी करारको प्रयत्न

काठमाडौं– सार्वजनिक लेखा समितिअन्तर्गत राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको अध्ययन समितिले पोखरा

यस्तो छ सरकार र शिक्षकहरूबीच भएको ९ बुँदे सहमति

काठमाडौं – मन्त्रिपरिषद् बैठकले शिक्षकसँग भएको सहमति अनुमोदन गरेको छ