टी-१० लिग : सोमपालको डेब्यु खेलमा मराठा विजयी « Khabarhub

टी-१० लिग : सोमपालको डेब्यु खेलमा मराठा विजयी


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका सदस्य सोमपाल कामीले दुवईमा भइरहेको टी १० लिगमा डेब्यु गरेका छन् ।

मराठा अरेबियन्सका लागि नर्दन वारियर्सविरुद्ध मैदान उत्रिएका उनले औसत प्रदर्शन गरे । सोमपालले डेब्यु अवसर पाएको खेलमा मराठाले नर्दन वारियर्सलाई ५ विकेटले पराजित गरेको छ ।

नर्दनले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मराठाले निर्धारित ओभर खेल्दै ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको हो ।

मराठाका लागि अब्दुल साकोर बन्गासले सर्वाधिक ७३ रन प्रहार गरे । उनले ५ छक्का र ७ चौकाको मद्दतले ७३ रन बनाएका हुन् भने मोहम्मद हफेजले १९ रन बनाए ।

मराठाविरुद्ध नर्दनका फावयन अल्लेनले २ विकेट लिए भने महेस थेकसान र रायद इम्रीतले समान एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नर्दनले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । नर्दनका लागि लेन्डी सिमोन्सले ५४ रन बनाए । उनले ७ चौका र १ छक्काको मद्दतले ५४ रन प्रहार गरे ।

यस्तै, ब्रान्डन किङ्सले २९, रोभमान पोबेलले २२ तथा निकोलास पुरानले १९ रन बनाए । नर्दनविरुद्ध मराठाका मुक्तर अलिले एक विकेट लिएका थिए ।

२ ओभर पूरा बलिङ गरेका सोमपालले पहिलो ओभरमा ४ डट बल राख्दै ९ रन खर्चिएका थिए भने दोस्रो ओभर भने १० रन खर्चिए । मराठाका लागि सोमपालले ओपनिङ र अन्तिम ओभर बलिङ गरेका थिए ।

नेपाली तीव्र गतिका बलर सोमपालले नर्दनका कप्तान निकोलास पुरानलाई क्याच आउट गरेका थिए । १९ रनमा खेलिरहेका पुरानलाई मुक्तर अलिको बलमा सोमपालले क्याच गरेका हुन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ८ : ४७ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली