टी-१० लिग : सोमपालको डेब्यु खेलमा मराठा विजयी « Khabarhub

टी-१० लिग : सोमपालको डेब्यु खेलमा मराठा विजयी


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका सदस्य सोमपाल कामीले दुवईमा भइरहेको टी १० लिगमा डेब्यु गरेका छन् ।

मराठा अरेबियन्सका लागि नर्दन वारियर्सविरुद्ध मैदान उत्रिएका उनले औसत प्रदर्शन गरे । सोमपालले डेब्यु अवसर पाएको खेलमा मराठाले नर्दन वारियर्सलाई ५ विकेटले पराजित गरेको छ ।

नर्दनले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मराठाले निर्धारित ओभर खेल्दै ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको हो ।

मराठाका लागि अब्दुल साकोर बन्गासले सर्वाधिक ७३ रन प्रहार गरे । उनले ५ छक्का र ७ चौकाको मद्दतले ७३ रन बनाएका हुन् भने मोहम्मद हफेजले १९ रन बनाए ।

मराठाविरुद्ध नर्दनका फावयन अल्लेनले २ विकेट लिए भने महेस थेकसान र रायद इम्रीतले समान एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नर्दनले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । नर्दनका लागि लेन्डी सिमोन्सले ५४ रन बनाए । उनले ७ चौका र १ छक्काको मद्दतले ५४ रन प्रहार गरे ।

यस्तै, ब्रान्डन किङ्सले २९, रोभमान पोबेलले २२ तथा निकोलास पुरानले १९ रन बनाए । नर्दनविरुद्ध मराठाका मुक्तर अलिले एक विकेट लिएका थिए ।

२ ओभर पूरा बलिङ गरेका सोमपालले पहिलो ओभरमा ४ डट बल राख्दै ९ रन खर्चिएका थिए भने दोस्रो ओभर भने १० रन खर्चिए । मराठाका लागि सोमपालले ओपनिङ र अन्तिम ओभर बलिङ गरेका थिए ।

नेपाली तीव्र गतिका बलर सोमपालले नर्दनका कप्तान निकोलास पुरानलाई क्याच आउट गरेका थिए । १९ रनमा खेलिरहेका पुरानलाई मुक्तर अलिको बलमा सोमपालले क्याच गरेका हुन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ८ : ४७ बजे

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ

योगेश र गोकुलहरूमाथि कारबाहीको डन्डा चलाउने ओलीको तयारी

काठमाडौं- गत बिहीबार कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा नेकपा एमालेका अध्यक्ष