नेपाली दूतावास कतारमा थन्किए ७८६ जना नेपालीको राहदानी « Khabarhub

नेपाली दूतावास कतारमा थन्किए ७८६ जना नेपालीको राहदानी


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारस्थित नेपाली दूतावासले ७८६ जना नेपालीको राहदानी दूतावासमै थन्किएको जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै सन् २०११ देखि २०१७ सम्म विभिन्न मितिमा दूतावासमा राहदानीका लागि आवेदन दिएकाहरुको मेसिन रिडेबल पासपोर्ट (राहदानी) तयार भए पनि हालसम्म लिन नआएको जनाएको हो ।

दूतावासले सूचना जारी गर्दै सम्बन्धित व्यक्तिलाई राहदानीहरु बुझ्न आउन अनुरोध गरेको छ ।

दूतावासले सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र पूरानो राहदानी, रसिद वा आफ्नो परिचय खुल्ने कागजात सहित दूतावासमा सम्पर्क गर्न अनुरोध हो।

तोकिएको समयभित्र राहदानी लिन नआएमा राहदानी विभाग, काठमाडौंमै पठाइने दूतावासले जनाएको छ ।

यसैबीच मलेसियास्थित नेपाली दूतावासले पनि सूचना जारी गर्दै १ हजार ९७४ जनाको राहदानी थन्किएको जनाएको छ ।

सन् २०१३ देखि २०१८ सम्ममा बनेका र हाल सम्म बुझी नलगेका १ हजार ९७४ राहदानीहरु सम्बन्धित राहदानी बाहकले यो सूचना प्रकाशन भएको मितिले ३ महिना भित्र लिइसक्नु पर्ने दूतावासले जनाएको छ ।

साथै, नयाँ राहदानी बनाउन आउनेहरु अथवा आफूसँग राहदानी नभई घर फर्कनको लागि ट्राभल डकुमेण्ट बनाउन आउनेहरुले पनि आफ्नो पुरानो राहदानी दूतावासमा छ कि यकिन गरेर मात्र नयाँ राहदानी वा ट्राभल डकुमेण्ट बनाउनका लागि आवेदन दिन दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : ५८ बजे

बाढीपीडितलाई ६३ लाख सहयोग

बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख

महामन्त्रीमा प्रदीपको अग्रता, अमरसिंहलाई उदयले उछिने

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री (खुला) पदमा प्रदीप पौडेलले अग्रता कायम

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा