सार्वभौमिकताको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने भारतीय विदेश मन्त्रालयको भनाइ « Khabarhub

सार्वभौमिकताको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने भारतीय विदेश मन्त्रालयको भनाइ


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– चीनले भारतसँगको सीमा क्षेत्रमा पूर्वाधार निर्माण कार्य विस्तार गरिरहेको भन्दै भारतले आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने बताएको छ ।

भारतको उत्तरपश्चिमी राज्य अरुणाञ्चल प्रदेश नजिकै सीमा क्षेत्रमा चीनले भौतिक निर्माणकार्य अघि बढाइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको हो।

सीमा क्षेत्रमा चीनले गर्ने हरेक गतिविधि भारतले सुक्ष्म निगरानी गरिरहेको भन्दै आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विदेश मन्त्रालयले जनाएको छ।

धेरै वर्षयता चीनले सीमा क्षेत्रमा यस्ता निर्माण कार्य गर्दै तनाब उत्पन्न भएको मन्त्रालयले बताएको छ । भारतले अरुणाञ्चल प्रदेश नजिक सीमा क्षेत्रहरुमा सडक, पुल जस्ता पूर्वाधार निर्माणका कार्यहरु बिस्तार गरी स्थानियलाई सहज बनाएको विदेश मन्त्रालयले जनाएको हो ।

सीमाक्षेत्रका स्थानीयका लागि आवश्यक पूर्वाधारहरु उपलब्ध गरी दैनिक जनजीवन सुधार गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको पनि मन्त्रालयले जनाएको छ।

यसअघि अरुणाञ्चल प्रदेशको सीमा क्षेत्र नजिकै चीनले तीन वटा नयाँ गाउँहरु निर्माण गरेका कारण भारतको लद्दाख क्षेत्रमा आठ महिनायता दुई देशबीच तनाव जारी छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : ०७ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर