कृषा बनिन् नयाँ ‘मिस नेवाः नेपाल’ « Khabarhub

कृषा बनिन् नयाँ ‘मिस नेवाः नेपाल’


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको डल्लुकी कृषा महर्जन नयाँ ‘मिस नेवाः नेपाल ११४१’ बनेकी छन् । नेप्लीज फेसन होमले आयोजना गरेको १५ औं संस्करणको प्रतियोगितामा कृषाले १४ प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि चुमेकी हुन् ।

कृषाले उपाधिसँगै १ लाख रुपैयाँ पनि जितेकी छन् । प्रतियोगितामा ललितपुर पाटनस्थित सुन्धाराकी प्रिया तण्डुकार ‘फष्ट रनर अप’ र काठमाडौं कलंकीकी कृष्टीना महर्जन ‘सेकेण्ड रनर अप’ चुनिए । उनीहरुले उपाधिवापत क्रमशः २५ हजार र १५ हजार रुपियाँ जिते ।

प्रियाले ‘मिस–पब्लिक च्वाइस’ र कृष्टीनाले ‘मिस चार्मिङ’को विधागत उपाधि पनि जिते । प्रतियोगितमा मनिका खड्गी ‘मिस ट्यालेण्ट’ र ‘मिस फोटोजेनिक’, रोहिना महर्जन ‘सोसिएल वेलफेयर एम्बेसडर चिफ’ र ‘वेस्ट स्किन’, मनिषा महर्जन ‘वेष्ट ड्रेस’, एञ्जिला अवाले ‘मिस डिसिप्लेन’, लेनिका डंगोल ‘वेष्ट हेयर’ र ‘मिस पर्सनालिटी’, सौर्य शाही ‘बेस्ट स्माइल’ तथा स्वीकृति महर्जन ‘मिस फ्रेन्डसिप’ चुनिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जिवन्त राख्न १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको बताइन् ।

रोजिन शाक्यको कोरियोग्राफी तथा रोजिनसँगै पूर्व ‘मिस नेवाः नेपाल’ सुनिता डंगोलले सञ्चालन गरेको प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेशल ओलम्पिक नेपालका अध्यक्ष डा. शिक्षिता श्रेष्ठ, कन्सर्न नेपालका निर्देशक डा. विजय सैंजु, पूर्व ‘मिस नेवाः नेपाल’ एलिशा बज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित निर्णायक थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १२ : २५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६