नेपाल भाषाको ‘मैचाया सपलय्’ सार्वजनिक « Khabarhub

नेपाल भाषाको ‘मैचाया सपलय्’ सार्वजनिक


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल भाषाका छ वटा म्युजिक भिडियो संग्रहित एलबम ‘मैचाया सपलय्’ सार्वजनिक भएको छ । पाँच दशकसम्म नेपाल भाषाका गीत, संगीत, डबली नाटक, भजनमा सक्रिय रहेका संगीतकार भीमबहादुर नकःमिको शब्द तथा संगीत रहेको एलबमका केही गीतमा मनराजा नकर्मीका संगीत छन् ।

एलबम गीतकार दुर्गालाल श्रेष्ठ, गायक भृगुराम श्रेष्ठ, रत्न बेहोसी, संगीता प्रधान, तारावीर सिंह कंसाकार, धनबहादुर गोपाली, अमरराज शर्मा र मनराजा नकर्मीले संयुक्त रुपमा सार्वजनिक गरे ।

‘मैचाया सपलय्’ मा मोहन शाक्य र आशा नकर्मीको स्वर रहेको छ । भिडियोमा रामृष्ण खड्गी, लुज सिंह, मोनाम पाख्रिन र आरध्या लक्ष्मी खड्गीको निर्देशन छ ।

म्युजिक भिडियोहरुमा अशिष्मा नकर्मी, कर्मा, विनोद श्रेष्ठ, सुरज नापित, रुपेन्द्र श्रेष्ठ, रोजिना सुवाल, रवी डंगोल, भिन्तुना जोशी, प्रतिक श्रेष्ठ, अन्जला नकर्मीलगायत फिचर्ड छन् ।

नकःमिका भक्तिरस भजनमाला चार भागसम्म प्रकाशित छन् । त्यस्तै, बलम्बु ज्ञानमाला भजन पुस्तक र सीडीमा समेत प्रकाशित छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १ : ५५ बजे

के सबै पुरुष ‘बलत्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ