‘म पनि तपाईंकै छोरा हुँ आमा ! तपाईंजस्ती आमा पाएर भारत अरूको दास बन्न सक्दैन’ « Khabarhub

‘म पनि तपाईंकै छोरा हुँ आमा ! तपाईंजस्ती आमा पाएर भारत अरूको दास बन्न सक्दैन’


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुरमा सुभाषचन्द्र बोसको तुलादान भइरहेको थियो । स्वतन्त्र भारत सरकार र सेनाको सहायतार्थ भारतीय प्रवासीले औँठी, चुरा, हार एवम् मङ्गलसूत्र तराजुमा चढाइरहेका थिए । तर भार कम भइरहेको थियो ।

अचानक अश्रुपूर्ण आँखामा आएकी एक वृद्धाले आफ्नो छोराको स्वर्णजडित चित्र तराजूमा चढाइन् भार बराबर भयो । नेताजी र भारत माताको जय–जयकारले वातावरण गुञ्जियो ।

‘यो स्वर्णजडित चित्र मेरो शहीद छोराको हो । मेरा यदि अरु छोरा हुन्थे भने म ती सबैलाई बलिदानमा होमिदिन्थेँ ।’ वृद्धाले भनिन् ।

वृद्धाको चरण स्पर्श गरेर नेताजीले भने— ‘म पनि तपाईंकै छोरा हुँ आमा ! तपाईंजस्ती आमा पाएर भारत अरुको दास बन्न सक्दिैन ।’

साभार- ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ०७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु