नेप्से ७९.७४ अंकले घट्यो « Khabarhub

नेप्से ७९.७४ अंकले घट्यो


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आज सेयर बजारमा ७९.७४ अंकले घटेको छ । कारोबार शुरू भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) परिसूचक बजार अन्तिमसम्ममा ७९.७४ अंकले घटेर बन्द भएको हो।

यस क्रममा नेप्सेमा आठ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ। यस्तै एक करोड ५७ लाख कित्ता सेयर खरिद बिक्री भएको छ। बजार घटे पनि आज कारोबार रकम भने बढेको छ।

गत साताको अन्तिम दिन बिहीबार छ अर्ब रूपैयाँ बराबरको कारोबार भएकोमा आज दुई अर्ब बढेर आठ अर्ब रूपैयाँको कारोबार भएको छ।

बजारमा पहिरो गएको दिन होटल र टुरिजम समूहमा ११ अंकको सुधार आएको छ। यो बाहेक अन्य सबै समूह राताम्मे बनेका छन्।

जसमध्ये सबैभन्दा बढी जीवन बीमा छ सय १५, उत्पादनमूलक एक सय ९४, निर्जीवन बीमा एक सय ७९ अंकले घटेका छन्। बजार घटे पनि आज चन्द्रगिरि हिल्सको सेयर मूल्य ९.८१ प्रतिशतले बढेर चार सय १४ रूपैयाँ प्रतिकित्ता पुगेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ३ : ५१ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा