विप्लवसँग छिट्टै वार्ता हुन्छ: प्रधानमन्त्री ओली « Khabarhub

विप्लवसँग छिट्टै वार्ता हुन्छ: प्रधानमन्त्री ओली


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग चाँडै वार्ता गरिने बताएका छन् ।

झापाको कमल गाउँपालिका–७ मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वार्ताका लागि प्रकिया चलिरहेको र केही दिनमा नै यसबारेमा सबैलाई थाहा हुने पनि बताए ।

सरकारले विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाएको छ । केही समयअघि विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक भएको बताएको थियो ।

अर्को प्रसङ्गमा बोल्दै उनले नेपाल विकासशील देशको सूचीमा परिसकेको र आफूहरु विकासको यात्रामा अघि बढेको बताए ।

‘विकासको क्रममा हामी अघि बढेका छौं, संयुक्त राष्ट्रसंघीय निकायले नेपाललाई विकासशील देशको सूचीमा राख्न सिफारिस गरि सकेकाले पनि हामी कता जाँदैछौं देखाएको छ, अलिकति समस्या शान्तिसँग जोडिएको विषय छ तर त्यो समस्याको चाँडै समाधान गरिने छ,’ उनले भने ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ४ : ३५ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न