खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छ: स्वास्थ्यमन्त्री « Khabarhub

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छ: स्वास्थ्यमन्त्री


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएका छन् ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकताप्राप्त समूहमा प्रवेश गर्नु विशेष उपलब्धि भएको बताए ।

उनले खोप अभियानका लागि अनुमानितभन्दा कम लागतमा सो अभियान सञ्चालन भइरहेको तथा प्रक्रियामा कुनै पनि अनियमितता र अराजकता हुन नदिइने सङ्कल्प गरे ।

सरकारले महामारीविरुद्ध अग्रपङ्गतिमा खटिएका स्वास्थ्यकर्मीलगायतलाई पहिलो प्राथमिकताप्राप्त समूहको पहिलो चरण गत माघ १४ देखि २४ सम्म सञ्चालन गरेको थियो ।

पचपन्न वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिका लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान शुरु हुनेछ । पहिलो र दोस्रो प्राथमिकताप्रप्त समूह गरी कूल जनसङ्ख्यामा २० प्रतिशतलाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।

उनले भने, “राजनीतिक र कूटनीतिक प्रयासबाट हामी चाँडै खोप ल्याउन सफल भएका छौँ । यसका लागि सार्वजनिक खरीद ऐनको बाधा अड्काउ फुकाउ गराएर यसको उपलब्धता गराएका छौँ ।

सीमित देशका सीमित कम्पनीले उत्पादन गरेकाले अझै केही खेपको खरीदमा प्रतिस्पर्धा गराउन सक्ने स्थिति छैन । यस पक्षमा सञ्चारकर्मीहरुले कुनै भ्रम र नकारात्मक टिप्पणी नगरिदिनुहोला । कानूनविपरीतका कुनै पनि काम हामी गर्ने छैनौँ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ५ : १५ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न