थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्ने सरकारको तयारी « Khabarhub

थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्ने सरकारको तयारी


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएको सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रधान सम्पादकसँगको अन्तरक्रियामा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको जानकारी दिएका हुन् ।

सरकारले पहिलो प्राथमिकताको खोप अभियान पूरा गरी फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने जनाएको छ ।

गत माघ ८ गते भारतले १० लाख डोज खोप अनुदानमा उलब्ध गराएको थियो भने सरकारले २० लाख डोज खोप खरिद गरी १० लाख डोज नेपाल ल्याइसकेको छ । बाँकी रहेको १० लाख डोज खोप पनि आउने क्रममा छ। सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो ।

यसअघि भारतको सेरम इन्स्टिच्युटबाट खोप खरिद गरेको सरकारले अब पनि सेरमबाट नै खोप खरिद गर्ने तयारी भइरहेको छ ।

कोरोना भाइरस विरुद्धको खोप अभियानमा दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका नागरिकहरु, ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिहरु र तोकिएका दीर्घरोगी प्रवासि कामदार र शरणार्थीहरुलाई खोप लगाउने लक्ष्य लिएको छ ।

यस्तै, कोभ्याक्समार्फत पनि करिब १ करोड ३० लाख डोज खोप नेपाल भित्रिदै छ । पहिलो खेपअन्तर्गत केही दिनमा नै १९ लाख खोप आउने भएको छ ।

चीन सरकारले पनि ५ लाख डोज खोप सहयोग गर्ने निर्णय गरिसकेकाले उक्त खोप पनि आउने तयारी भइरहेको सचिव अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : ५९ बजे

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्

२१औं नेपाल खुल्ला पुरुष तथा महिला अन्तराष्ट्रिय च्याम्पियनसिप शुरु

काठमाडौं– साहसिक खेल प्याराग्लाइडिङ खेलको २१ औं नेपाल खुल्ला पुरुष

विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति

काठमाडौं- गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा