थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्ने सरकारको तयारी « Khabarhub

थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्ने सरकारको तयारी


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएको सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रधान सम्पादकसँगको अन्तरक्रियामा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको जानकारी दिएका हुन् ।

सरकारले पहिलो प्राथमिकताको खोप अभियान पूरा गरी फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने जनाएको छ ।

गत माघ ८ गते भारतले १० लाख डोज खोप अनुदानमा उलब्ध गराएको थियो भने सरकारले २० लाख डोज खोप खरिद गरी १० लाख डोज नेपाल ल्याइसकेको छ । बाँकी रहेको १० लाख डोज खोप पनि आउने क्रममा छ। सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो ।

यसअघि भारतको सेरम इन्स्टिच्युटबाट खोप खरिद गरेको सरकारले अब पनि सेरमबाट नै खोप खरिद गर्ने तयारी भइरहेको छ ।

कोरोना भाइरस विरुद्धको खोप अभियानमा दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका नागरिकहरु, ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिहरु र तोकिएका दीर्घरोगी प्रवासि कामदार र शरणार्थीहरुलाई खोप लगाउने लक्ष्य लिएको छ ।

यस्तै, कोभ्याक्समार्फत पनि करिब १ करोड ३० लाख डोज खोप नेपाल भित्रिदै छ । पहिलो खेपअन्तर्गत केही दिनमा नै १९ लाख खोप आउने भएको छ ।

चीन सरकारले पनि ५ लाख डोज खोप सहयोग गर्ने निर्णय गरिसकेकाले उक्त खोप पनि आउने तयारी भइरहेको सचिव अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : ५९ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न