इलामका टिकालाई ‘हल अफ फेम’ उपाधि « Khabarhub

इलामका टिकालाई ‘हल अफ फेम’ उपाधि


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता ‘हल अफ फेम सिजन २’ को उपाधि इलामका टिका मगरले जितेका छन् ।

गत शनिबार भएको ग्रान्ड फाइनलमा आफूसँगका दुई प्रतिस्पर्धीलाई पन्छाउँदै टिका विजेता बनेका हुन् । टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनार फाइनलमा प्रतिस्पर्धी थिए ।

स्वरसम्राट नारायण गोपालको ‘तिमीलाई म के भनूँ’ गीतको अडियो क्लिप पठाएर सहभागिता जनाएका टिका टप ५०, टप २७ टप टप ६ र टप ३ हुँदै उपाधि उचालेका थिए ।

विजेता बनेसँगै टिकाले १ लाख रूपैँया नगद पुरस्कारसहित ५ लाख बराबरको प्याकेज प्राप्त गरेका छन् । उनले एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ सम्झौता र प्रतियोगिताका तीन जना निर्णायकहरू गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमालसँग अष्ट्रेलिया टुर गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

विश्वमा कोरोना महामारीको प्रकोपको मध्यतिरबाट सुरू भएको अनलाईन प्रतियोगितामा टप ५० मा अफ्रिका, एसिया, अष्ट्रेलिया र युरोप महादेशका प्रतिस्पर्धी छनौटमा परेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ३० बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६