प्रशान्त र लिभा नयाँ ‘मिस्टर एण्ड मिस थारु’ | Khabarhub Khabarhub

प्रशान्त र लिभा नयाँ ‘मिस्टर एण्ड मिस थारु’


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– तेस्रो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२१’ को उपाधि क्रमशः प्रशान्त हुजदार र लिभा चौधरी थारुले जितेका छन् ।

१४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्तले उपाधि जितेका हुन् । सप्तरी निवासी प्रशान्तलाई ‘मिस्टर थारु २०१८’ का विजेता रविन चौधरीले ढाका टोपी लगाइदिए । यस्तै पर्साका रवी चौधरी ‘फस्ट रनरअप’ र मोरङका आशकुमार चौधरी ‘सेकेण्ड रनरअप’ भए ।

रवीलाई ‘मिस्टर थारु २०१८’ का ‘फस्ट रनरअप’ विवेक चौधरी र आशकुमारलाई ‘मिस्टर थारु २०१८’ का सेकेण्ड रनरअप दीपेन चौधरीले अवार्ड प्रदान गरे ।

विधागततर्फ विजय चौधरी ‘बेस्ट फोटोजेनिक’, प्रशान्त हुजदार ‘बेस्ट ट्यालेन्ट’, हरेन्द्रकुमार चौधरी ‘बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ’, कमलकुमार चौधरी ‘बेस्ट डिसिप्लिन’, अविनाश महतो ‘बेस्ट वाक’, भागवती चौधरी ‘खल्ती पब्लिक च्वाइस’ र सिद्धान्त चौधरी ‘बेस्ट पर्सानालिटि’ बने ।

‘मिस थारु’ तर्फ उदयपुर निवासी लिभाले चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उनलाई दोस्रो संस्करणकी ‘मिस थारु’ आकृति चौधरीले ताज पहराइदिइन् ।

प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार ‘फष्ट रनरअप’, सुनसरीकै लक्ष्मी चौधरी ‘सेकेण्ड रनरअप’ बने । श्रुतिलाई ‘मिस थारु २०१८’ की ‘फष्ट रनरअप’ सुनेश्वरीकुमारी दास र लक्ष्मीलाई ‘मिस थारु २०१८’ की ‘सेकेण्ड रनरअप’ आश्मा चौधरीले ताज पहिराइ दिइन् ।

विधागततर्फ नेहा चौधरी ‘बेस्ट फोटोजेनिक’, प्रतिभा चौधरी ‘बेस्ट ट्यालेन्ट’, सोनु चौधरी ‘बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ’, लिभा चौधरी थारु ‘बेस्ट डिसिप्लिन’, प्रतिभा चौधरी ‘बेस्ट वाक’ र श्रुति गच्छदार ‘खल्ती पब्लिक च्वाइस’ तथा ‘बेस्ट पर्सानालिटि’ बने ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, ‘फस्ट रनरअप’ले ३० हजार, ‘सेकेण्ड रनरअप’ले २० हजार र विभिन्न उपहारहरु प्राप्त गरे ।

उनीहरुलाई मुख्य निर्णायक ‘मिस नेपाल वल्र्ड २०१९’ अनुस्का श्रेष्ठ, आयोजक जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरी, वाइएसी इभेन्ट्सका म्यानेजर जयस चौधरीलगायत अतिथिले पुरस्कार प्रदान गरे ।

थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि जह इन्टरटेनमेन्टको आयोजनामा सन् २०१७ देखि मिस्टर एण्ड मिस थारुको सुरुवात भएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : ३० बजे

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन

काठमाडौं– मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको

ओलीको आरोप- देशलाई छाडा ढंगले चलाउन यो सरकारले संसद् भंग गर्‍यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको