प्रशान्त र लिभा नयाँ ‘मिस्टर एण्ड मिस थारु’ « Khabarhub

प्रशान्त र लिभा नयाँ ‘मिस्टर एण्ड मिस थारु’


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– तेस्रो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२१’ को उपाधि क्रमशः प्रशान्त हुजदार र लिभा चौधरी थारुले जितेका छन् ।

१४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्तले उपाधि जितेका हुन् । सप्तरी निवासी प्रशान्तलाई ‘मिस्टर थारु २०१८’ का विजेता रविन चौधरीले ढाका टोपी लगाइदिए । यस्तै पर्साका रवी चौधरी ‘फस्ट रनरअप’ र मोरङका आशकुमार चौधरी ‘सेकेण्ड रनरअप’ भए ।

रवीलाई ‘मिस्टर थारु २०१८’ का ‘फस्ट रनरअप’ विवेक चौधरी र आशकुमारलाई ‘मिस्टर थारु २०१८’ का सेकेण्ड रनरअप दीपेन चौधरीले अवार्ड प्रदान गरे ।

विधागततर्फ विजय चौधरी ‘बेस्ट फोटोजेनिक’, प्रशान्त हुजदार ‘बेस्ट ट्यालेन्ट’, हरेन्द्रकुमार चौधरी ‘बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ’, कमलकुमार चौधरी ‘बेस्ट डिसिप्लिन’, अविनाश महतो ‘बेस्ट वाक’, भागवती चौधरी ‘खल्ती पब्लिक च्वाइस’ र सिद्धान्त चौधरी ‘बेस्ट पर्सानालिटि’ बने ।

‘मिस थारु’ तर्फ उदयपुर निवासी लिभाले चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उनलाई दोस्रो संस्करणकी ‘मिस थारु’ आकृति चौधरीले ताज पहराइदिइन् ।

प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार ‘फष्ट रनरअप’, सुनसरीकै लक्ष्मी चौधरी ‘सेकेण्ड रनरअप’ बने । श्रुतिलाई ‘मिस थारु २०१८’ की ‘फष्ट रनरअप’ सुनेश्वरीकुमारी दास र लक्ष्मीलाई ‘मिस थारु २०१८’ की ‘सेकेण्ड रनरअप’ आश्मा चौधरीले ताज पहिराइ दिइन् ।

विधागततर्फ नेहा चौधरी ‘बेस्ट फोटोजेनिक’, प्रतिभा चौधरी ‘बेस्ट ट्यालेन्ट’, सोनु चौधरी ‘बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ’, लिभा चौधरी थारु ‘बेस्ट डिसिप्लिन’, प्रतिभा चौधरी ‘बेस्ट वाक’ र श्रुति गच्छदार ‘खल्ती पब्लिक च्वाइस’ तथा ‘बेस्ट पर्सानालिटि’ बने ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, ‘फस्ट रनरअप’ले ३० हजार, ‘सेकेण्ड रनरअप’ले २० हजार र विभिन्न उपहारहरु प्राप्त गरे ।

उनीहरुलाई मुख्य निर्णायक ‘मिस नेपाल वल्र्ड २०१९’ अनुस्का श्रेष्ठ, आयोजक जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरी, वाइएसी इभेन्ट्सका म्यानेजर जयस चौधरीलगायत अतिथिले पुरस्कार प्रदान गरे ।

थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि जह इन्टरटेनमेन्टको आयोजनामा सन् २०१७ देखि मिस्टर एण्ड मिस थारुको सुरुवात भएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : ३० बजे

यु–१९ साफ महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेश र भारत भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि

इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानको तेल कारोबारसँग सम्बन्धित

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबारका लागि आह्वान

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार आफ्नो

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका