२४ दिनपछि खुल्यो गाउँपालिकाको ताला तर अध्यक्ष अझै फरार | Khabarhub Khabarhub

२४ दिनपछि खुल्यो गाउँपालिकाको ताला तर अध्यक्ष अझै फरार


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- धनुषाको बटेश्वर गाउँपालिकामा स्थानीवासीले लगाएको ताला २४ दिनपछि शुक्रबार खुलेको छ । आन्दोलनरत पक्षसँग चारबुँदे सहमति भएपछि ताला खोलिएको हो ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको र आर्थिक प्रशासन शाखाको ताला खोलिएको छ । गाउँपालिका प्रमुख डम्बरबहादुर राउत अझै सम्पर्कविहीन रहेका हुनाले उनको कार्यकक्षको ताल खोलिएको छैन ।

गएको फागुन १७ गते गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत ८ लाख रुपैयाँ घुस रकम फालेर भागेपछि स्थानीय नागरिक समाज एवम् राजनीतिक दलहरुले भोलिपल्ट तालाबन्दी गरेका थिए ।

वडा नम्बर ५ का वडाध्यक्ष शिवकरण यादवका अनुसार गाउँपालिका अन्तर्गतको कार्यालयमा विशेष अदालतको निर्णय नआएसम्म नयाँ विज्ञापन नगर्ने, सरुवा सहमति नदिने, विकास निर्माणको सम्पूर्ण फाइल तालाबन्दी गरी राख्ने र चालु आर्थिक वर्षको आयव्यय दुई महीनाभित्र सार्वजनिक गर्ने सहमतिमा ताला खोलिएको जानकारी दिए ।

गाउँपालिका कार्यालयको तर्फबाट उपमेयर प्रमिलादेवी महतोले आन्दोलनरत पक्षसँग सहमति गरेकी हुन् । गाउँपालिकाका प्रमुख सम्पर्कविहीन भएपछि अधिकृत रुद्रनारायण यादव पनि कार्यालय उपस्थित भएका थिएन् । तालाबन्दी खोलिएपछि भने उनी हाजिर भएका छन् ।

अधिकृत यादवसँग सम्पर्क गर्न खोज्दा उनको मोवाइल फोन स्वीच अफ थियो । उनको फोन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले जफत गरेको थाहा भएको छ ।

यो हो घटना

तीन महिना पहिले बटेश्वर गाउँपालिका कार्यालयको निर्माण कार्य सम्पन्न भयो । भुक्तानीको लागि ठेकेदार श्रीप्रसाद साहले अध्यक्ष राउतलाई ताकेता गर्न थाले । अध्यक्ष राउतले गुणस्तरहीन काम गरेको र समयमा काम पूरा नगरेको भन्दै फाइल अड्काएर राखे । भुक्तानी नगर्न कर्मचारीलाई पनि निर्देशन दिए ।

ठेकेदारले साहले अध्यक्ष राउतलाई कमिसन नदिँदा भुक्तानी नगरेको आरोप लगाउँदै आएका छन् । ‘डाइरेक्ट कमिसन माग्दैनन्, अनेक बहाना गर्छन्,’ उनले भने, ‘अध्यक्षकै दबाबमा रङरोगन गर्ने थप काम पनि गरेको छु तर भुक्तानी भएको छैन ।’

वडा नम्बर ५ का वडाध्यक्ष शिवकरण यादव भवन निर्माणमा ससाना काम अझै बाँकी रहेको बताउँछन् । भेन्टिलेटरमा सिसा लगाउने लगायत करिब पाँच प्रतिशत काम बाँकी रहेको उनको भनाइ छ । ठेकेदार साह भने कमिसन नदिँदा अध्यक्षले भुक्तानी रोकेको आरोप लगाउँछन् ।

ठेकेदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी गरेका थिए । अख्तियारले छानविन थाल्यो ।

यही घटनामा स्थानीयवासीले गाउँपालिका कार्यालयमा ताला लगाएका थिए ।

यसरी फरार भए अध्यक्ष

फागुन १७ गते अपराह्न करिब ३ बजे अध्यक्ष राउत स्थानीय केही साथीहरूसँग बटेश्वर बजारमा चिया खाँदै थिए । उनको फोनमा घण्टी बज्यो । फोनमा थोरै कुरा गरेर उनी काम विशेषले इलाका प्रहरी कार्यालय, महेन्द्रनगर जानु परेको भन्दै हिँडे ।

करिब ४ बजे त्यहाँबाट प्रदेश २–००२–००१ झ ०००२ नम्बरको गाडीमा फर्किंदै थिए ।

महेन्द्रनगरबाट राजमार्ग कटेलगतै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आफूलाई  पछ्याइरहेको सुइँको अध्यक्ष राउतले पाए । उनले चालकलाई गाडीको गति बढाउन निर्देशन दिए । अध्यक्ष राउत औरही खोलानजिकै गाडीबाट ओर्लिए, झाडीमा एउटा झोला फाले अनि गाडी छाडेर अलप भए ।

पछ्याउँदै गरेको अख्तियारको टोलीले झोला फेला पार्‍यो जसमा ८ लाख रुपैयाँ भेटियो ।

गाडी चालक वीरबहादुर मगरलाई अख्तियारको टोलीले गाउँपालिकाको कार्यालय नजिकै नियन्त्रणमा लियो । गाउँपालिकाका अध्यक्ष राउत अझै फेला परेका छैनन् । उनको खोजी भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

अख्तियारबाट आएको पाँचवटा पत्रको जवाफ जनप्रतिनिधिसँग समन्वय गरेर लेखिपठाउन अधिकृत यादवलाई प्रमुख जिल्ला अधिकारी बास्तोलाले निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ४५ बजे

गण्डकीमा कर्मचारी व्यवस्थापन : मनोमानी सरुवा गर्ने, गुनासो आए मुख्यमन्त्रीको सचिवालयलाई देखाउने 

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १२ गते

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा