होलीमा रंग खेल्नु अघि जान्नै पर्ने कुरा « Khabarhub

होलीमा रंग खेल्नु अघि जान्नै पर्ने कुरा


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रंगहरूको पर्व होली नजिकिएको छ । रंगसंग प्रेम र सद्भाव साटासाट गर्ने यो पर्वमा कोरोना भाइरस संक्रमणको दोश्रो लहर देखिएसंगै सरकारले समुहमा नमनाउन आग्रह गरेको छ ।

तसर्थ यस पटकको होली केवल घरभित्र सिमित सदस्यबीच एक आपसमा मनाउनु पर्दछ । यस अलावा होलीको रंगका कारण हुनसक्ने केहि जोखिमबारे सचेत हुन आवश्यक हुन्छ । होली खेल्दा रंग र अबिरलाई मुख, नाक, आँखा, कानभित्र पस्न दिनु हुँदैन । अन्यथा निम्न समस्या हुनसक्छ ।

– होलीमा परमानेन्ट रंगबाट बच्नु पर्दछ । टल्किने सिल्भर, गोल्डेन रंग उपयोग गर्नु हुँदैन ।
– रंग किन्दा गुणस्तरयुक्त पानीमा घुलनशील रंग किन्ने र उपयोग गर्नु पर्दछ ।
– बजारमा पाइने रंग चुन, सिसा, अभ्रख, मर्करी जस्ता हानिकारक तत्वबाट बनेको हुन्छ ।
– समुह वा असुरक्षित रुपमा होली खेल्दा कोरोनाको संक्रमण हुने जोखिम रहन्छ ।
– असावधानी भई होलीको रंग आँखामा पसेमा यसले दृष्टि गुम्नेसम्मको खतरा रहन्छ ।
– आँखामा रंग परी रातो भए, पोले, आँसु बगे, सुन्निए वा घाउ भए अस्पताल जानु पर्दछ ।
– यस्तोमा उमालेर चिसो पारेको खाने पानीले बीसदेखि तीस मिनेटसम्म आँखा धुनुपर्छ ।
– लोलाले आँखामा चोट लाग्न सक्छ । यस्तोमा आँखा माड्नु हुन्न अस्पताल जानु पर्छ ।
– रंग कानमा परेमा सुन्ने क्षमता गुमाउने वा कानको जाली फुट्ने पनि हुनसक्छ ।
– कमसल रंगले छाला सम्बन्धी विभिन्न समस्या हुने, एलर्जी समेत गराउन सक्छ ।
– होलीमा प्रयोग गरीने रंगमा हुने खतरनाक रसायन दम जस्ता समस्या देखिन सक्छ ।
– रंगको प्रभावले छाला पोल्ने, रंग परिवर्तन हुने र छाला सुक्खा हुने समस्या हुने गर्दछ ।
– रंगमा भएको रसायनले छाला पोल्ने, एलर्जी हुने, डाबर वा बिमिरा निस्कने गर्दछ ।
– डन्डिफोर र छालाको समस्यासँग जुधिरहेकाहरूले होलीमा रंग नखेल्नु नै राम्रो हुन्छ ।
– होली खेल्दा पुरा बाहुला भएको लुगा लगाएर मात्र खेल्नु राम्रो हुन्छ ।
– टोपी लगाएर होली खेले कपालको बचाउ हुन्छ । अन्यथा कपालसम्बन्धी रोग देखा पर्दछ ।
– पर्वको नाममा रक्सी, भाङको सेवन गर्नु हुदैन । भाङ खाँदा मस्तिष्कमा असर पर्दछ ।

स्मरण रहोस्, रंग रसायन र हर्बल दुवै प्रकारले बनाइएको हुन्छ । रसायन भन्दा हर्बल रंग राम्रो हुन्छ । त्यसैले सम्भव भएसम्म होलीमा प्राकृतिक रंगको उपयोग गर्नुपर्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ११ : १० बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति