पत्रकार महासंघ कुवेतको अध्यक्षमा पन्थी « Khabarhub

पत्रकार महासंघ कुवेतको अध्यक्षमा पन्थी


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाल पत्रकार महासंघ कुवेत शाखाको अध्यक्षमा नवराज पन्थी निर्वाचित भएका छन् । शाखाको शुक्रबार सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा एकराज मल्ल, सचिवमा चन्द्र विश्वकर्मा, सहसचिवमा हरि बानियाँ र कोषाध्यक्षमा मनोज थापा रहेका छन् ।

यसैगरी, सदस्यमा सुरेशकुमार गुरुङ, विजयराज धामी, प्रेम जिमी, विजय लामा र आकाश शेर्पा रहेका छन् । निवर्तमान अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्वमा भर्चुअल माध्यममार्फत अधिवेशनमा सम्पन्न भएको थियो ।

निवर्तमान अध्यक्ष न्यौपाने शनिबार नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै पद तथा गोपनीयताको सपथसमेत गराएका थियो ।

“सन २०१३ जुलाईमा जिम्मेवारी रहेका न्यौपाने झन्डै ८ वर्षे कार्यकालमा जान अन्जानमा केही कमी कमजोरी भएको भए क्षमाप्रार्थी छु” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ३ : २० बजे

जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीविरुद्ध एमालेले दियो प्रहरीमा जाहेरी

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास

कर्णाली– कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको

लुम्बिनीले इनिङको पहिलो बलमै गुमायो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए कृष्णप्रसाद यादव

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको