आयोगले काम थालेपछि भूमिहीन उत्साहित | Khabarhub Khabarhub

आयोगले काम थालेपछि भूमिहीन उत्साहित



झापा- हरेक निर्वाचनमा भोट बैंकको रूपमा रहने सुकुम्वासीहरूमा पुनः धनीपूर्जा पाइने आशा पलाएको छ । ‘सुकुम्वासी समस्या समाधान आयोग’ ले जिल्ला तहमा काम थालेपछि जग्गाधनी हुन पाउने आशा जागेको हो ।

झापामा सुकुम्वासी समस्या समाधान आयोगले प्रारम्भिक काम थालेको छ । पहिलो चरणमा आयोगले गर्ने कामहरूका बारेमा सर्वसाधारणमा जानकारी पुर्‍याउने काम भइरहेको आयोगका जिल्ला अध्यक्ष प्रेम गिरीले बताएका छन् ।

उनका अनुसार सबै स्थानीय तहमार्फत वास्तविक भूमिहीनहरूको विवरण संकलन गर्ने काम भइरहेको छ । जिल्लाका १५ वटा स्थानीय तहहरूमा २० हजार फारम वितरण गरिएको छ ।

यो आयोगले विगतका आयोगहरूले छाडेका अधुरा कामसमेत पूरा गर्ने अध्यक्ष गिरीले बताए । यस पटकको आयोगले मिहिनरूपमा अध्ययन गरी काम गर्ने र वास्तविक भूमिहीनहरूलाई जग्गाधनी बनाउने आयोगका विज्ञ सदस्य राधाकृष्ण खनालको भनाइ छ ।

झापामा भूमिहीन, सुकुम्वासीको संख्या ८० हजार रहेको अनुमान छ । विगतका आयोगमा समेत फारम भरे पनि जग्गा नपाएको भूमिहीनहरूको भनाइ छ ।

स्थानीय तह नै जिम्मेवार
सुकुम्वासी समस्या समाधान आयोगमार्फत हुने काममा बिचौलियाको चलखेल हुने र वास्तविक भूमिहीनले जमिन नपाउने बरु आर्थिक पहुँचका भरमा बिचौलियाकै बोलवाला हुने गरेको विगतको अनुभव छ ।

यस पटकको आयोगले बिचौलियाको चलखेल हुन नदिने जनाएको छ । सबै स्थानीय तहहरूसँग सम्झौता गरेर मात्र काम गर्ने र भूमिहीनको पहिचान तथा सिफारिस गर्न स्थानीय तह नै जिम्मेवार हुने व्यवस्था गरिएको आयोग अध्यक्ष गिरीको भनाइ छ ।

भूमिहीन, सुकुम्वासी र व्यवस्थित बसोबासीको पहिचान सम्बन्धित स्थानीय तहले नै गर्नु पर्नेछ । त्यसपछि लगत संकलन र प्रमाणित गरी आयोगमा पठाउने र आयोगले त्यसैको आधारमा धनीपूर्जा तयार पार्ने आयोगका सदस्यसचिव रुद्र न्यौपानेको भनाइ छ ।

यसरी प्रमाणित भएका भूमिहीनहरूलाई सम्बन्धित स्थानीय तहमार्फत नै धनीपूर्जा वितरण गरिनेछ ।

१३ तहमा सम्झौता

जिल्लाका १५ स्थानीय तहमध्ये १३ ओटाले आयोगसँग कामको सम्झौता गरिसकेका छन् । गौरीगञ्ज र कचनकवल गाउँपालिकाले मात्र सम्झौता गर्न बाँकी छ । यी दुई पालिकासँग पनि चाँडै सम्झौता हुने जनाइको छ ।

झापाका ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा सुकुम्वासी समस्या बढी देखिएको छ । मुख्य सहरी क्षेत्रहरू दमक, विर्तामोड, मेचीनगर लगायतमा भूमिहीनहरू वर्षौंदेखि खोला किनार र सरकारी-ऐलानी जमिनमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १ : ३० बजे

चैते धान बिक्री नहुँदा किसान चिन्तित 

कैलाली– कैलालीको भजनी नगरपालिका– ३ का सन्तलाल चौधरी चैते धान

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला

आज ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती

काठमाडौं – रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता