‘महामूर्ख’को उपाधि ‘मह’ जोडीलाई « Khabarhub

‘महामूर्ख’को उपाधि ‘मह’ जोडीलाई


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रत्येक वर्ष तराई होलीको पूर्व सन्ध्यामा दिइने ‘महामूर्ख’को उपाधि यस वर्ष ‘मह’ जोडिले पाएका छन् ।

मिथिला नाट्य कला परिषद् (मिनाप)द्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा महामूर्खको उपाधि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्य ‘मह’ जोडीलाई प्रदान गरिएको हो ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले मह जोडीलाई उपाधि हस्तान्तरण गरे ।

यस्तै, मन्त्री सोनलले ‘पटमूर्ख’को उपाधि पाएका छन् । मिनापले विभिन्न १५ विधामा उपाधि प्रदान गरेको छ । जसअन्तरगत ‘मुर्ख शेरोमनी’को उपाधी मन्त्री जितेन्द्र सोनलले पाएका हुन् ।

यस्तै, प्रदेशसभा सदस्य परमेश्वर साहले ‘बज्रकिट’, जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुर्दशन सिंह ‘बैशाखानन्द’, जसपाका नेता राजिव झा ‘वंश कुरहारी’, सञ्चार उद्यमी शंकर साह ‘मुसरीलाल’ र सितल साह ‘ढोरवा’को उपाधि पाएका छन् ।

महिला नेत्री विन्दु ठाकुरले ‘खुब सुरती’को उपाधि पाएकी छिन् भने मिथिला चित्रकार एस सी सुमनले ‘घरघुस’को उपाधि पाए ।

पर्यावरण अभियन्ता सुरेश शार्मा ‘हाराशेख’, सुजित झा ‘सिलौटानन्द’, सञ्चारकर्मी अशोक दत्त ‘बोतलानन्द’, मोडल क्यामप्सका सञ्चालक विरेन्द्र साह ‘लोढाशंकर’, विरेन्द्र कर्ण ‘बज्रकीट’ र मैथली विकास कोषको अध्यक्ष जिवनाथ चौधरी ‘पटमूर्ख’को उपाधिद्वारा सम्मानित भए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ७ : ४७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको