हनुमानको पूजाले पनि प्रसन्न हुन्छन् शनिदेव « Khabarhub

हनुमानको पूजाले पनि प्रसन्न हुन्छन् शनिदेव


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

स्कन्द पुराणका अनुसार, मंगलवार हनुमानको जन्म भएको थियो । यही कारणले मंगलबार उनको पूजामा समर्पित छ । यस दिन विधिविधानका साथ हनुमानको पूजा गरे उनि चाँडै प्रसन्न हुने र श्रद्धालुको सबै मनोकामना पुरा गर्ने धार्मीक मान्यता रहेको छ ।

मंगलवार हनुमानको पूजा गर्दा केवल हनुमान मात्र होइन, शनिदेव पनि प्रसन्न हुने धार्मीक मान्यता छ । अर्थात् मंगलवार हनुमानको पूजा गर्दा शनिको प्रकोपबाट समेत बच्न सकिन्छ । हनुमानको आराधना गर्दा शनिदेवको समेत कृपा पाइने धार्मीक मान्यता छ ।

हरेक मंगलवार हनुमान पूजा गरी हनुमान चालीसा पाठ गर्दा शनिदेव समेत प्रसन्न हुन्छन् । साथै जीवनमा आर्थिक सम्पन्नता समेत बनिरहन्छ । हनुमानलाई बल, बुद्धि र निर्भयताको प्रतिक मानिन्छ । शास्त्र अनुसार कुनै संकट वा समस्यामा हनुमानलाई सम्झना गरे ति हरेक विपद् नष्ट भएर जान्छ । त्यसैले हनुमानलाई संकटमोचन समेत भनिन्छ ।

किन हनुमानको पूजा गर्दा शान्त रहन्छन् शनिदेव ?
हनुमान भगवान शिवको अवतार मानिन्छ । पौराणिक कथा अनुसार जब हनुमान माता सीतालाई खोज्न लंका पुगेका थिए, उनको नजर शनिदेवमा परेको थियो ।

हनुमानले शनिदेवलाई लंकामा रहनुको कारण सोधेका थिए । जवाफमा शनिदेवले, रावणले आफ्नो योग बलद्वारा उनलाई कैद गरेको बताए ।

शनिदेवको कुरा सुनेर हनुमानले उनलाई रावणको कैदबाट मुक्त गरे । जसबाट प्रसन्न भई शनिदेवले हनुमानलाई वरदान माग्न भने जसमा हनुमानले कलियुगमा आफ्ना श्रद्धालुलाई कहिल्यै अशुभ फल नदिन भनि वरदान मागे । यहि कारणले हनुमानको पूजा गरे शनिदेवको पनि कृपा प्राप्त हुने मान्यता छ ।

कसरी गर्ने मंगलबार हनुमानको पूजा ?
मंगलवार बिहान सूर्योदयभन्दा पहिले उठेर नुहाएर रातो बस्त्र पहिरनसहित हातमा शुद्ध पानी लिएर हनुमानको प्रतिमा सामु व्रतको संकल्प गर्नु पर्दछ । त्यसपश्चात हनुमानको प्रतिमा सामु घीउको दियो बाली फूलको माला अर्पित गर्नु पर्दछ ।

साथै मंगलवार व्रतकथा पाठ गरी हनुमान चालीसा र सुन्दरकाण्ड पाठ गर्नु पर्दछ । अन्त्यमा आरती गरी प्रसाद चढाउनु पर्दछ । यस दिन केवल एक पटक मात्र भोजन गर्नु पर्दछ । र साँझमा शुद्धताका साथ हनुमानको सोहि प्रकारले पूजा गर्नु पर्दछ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : ४२ बजे

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु