दिल्लीलाई हराउँदै बैंगलोर आइपीएलको शीर्ष स्थानमा « Khabarhub

दिल्लीलाई हराउँदै बैंगलोर आइपीएलको शीर्ष स्थानमा


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेले पनि दिल्लीलाई जित दिलाउन सकेनन् ।

कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए । हिटमायरले अविजित ५३ रन जोडे । यस्तै मार्कुस स्टोनिसले २२ रन जोड्दा पृथ्वी शले २१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै रजत पाटीदरले ३१ रन जोड्दा ग्लेन म्याक्स्वेलले २५ रन जोडे । कप्तान विराट कोहली १२ रनमा आउट हुँदा देबदुत पडिकलले १७ रन बनाए ।

जितसँगै बैंगलोर ६ खेलमा १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । दिल्ली ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : २८ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम