सरकारले जारी गरेको आदेशको पूर्ण पालना गर्न उपराष्ट्रपतिको आग्रह « Khabarhub

सरकारले जारी गरेको आदेशको पूर्ण पालना गर्न उपराष्ट्रपतिको आग्रह


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना रोकथामका लागि सरकारले जारी गरेका नियमको पूर्ण पालना गर्न अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले आफू पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न आम नागरिकमा अपिल गरेका हुन् ।

कोरोना भाइरसविरुद्धको सङ्घर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उनले यसमा आम जनताको पूर्ण साथ र सहयोग चाहिने बताएका छन् ।

“जस्तोसुकै अप्ठ्याराहरुमा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकुलतामा बदल्ने हाम्रो विगत हो”, उनले सन्देशमा भनेका छन् ।

निषेधाज्ञा अवधिमा कोरोना भाइरस परीक्षणलाई तीव्र बनाउन र सङ्क्रमितको प्रभावकारी उपचार गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न तथा प्रभावित क्षेत्रमा थप चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरूपमा तीव्र बनाउनसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : ५० बजे

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा

बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ– बागलुङमा आधा अर्बको लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम