प्रशिक्षक जिदानले दिए रियल मड्रिडबाट राजीनामा « Khabarhub

प्रशिक्षक जिदानले दिए रियल मड्रिडबाट राजीनामा


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो सिजन उपाधिबिहीन बनेपछि प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिड क्लबको जिम्मेवारी छाडेका छन्।

स्पेनिस अखबार मार्कामा उल्लेख भएअनु्सार उनले तत्काल लागू हुनेगरि क्लब छाडेका हुन् ।

रियल मड्रिडमा आफ्नो दोस्रो कार्यकालमा जिदानले एक–एक ला लिगा र स्पेनिस सुपर कप उपाधि जिते। लगातार तीन सिजन युरोपियन च्याम्पियन्स लिग जिताएर उनी सन् २०१८ मा रियल म्याड्रिडबाट बिदा भएका थिए। त्यसअघि सहायक प्रशिक्षक रहेका उनलाई सन् २०१५ मा रियलले पूर्ण जिम्मेवारी दिएको थियो।

सन् २०१८ मा रियलबाट प्रशिक्षक जिदानसँगै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पनि बिदा भएका थिए।

रियल मड्रिडको नयाँ प्रशिक्षकमा एन्टोनियो कोन्टे, मेस्सिमिलियानो अलेग्री र राउल प्रत्यासी देखिएका छन्। इन्टर मिलानलाई यो सिजन घरेलु लिगको उपाधि जिताएका कोन्टेले हालै क्लब छाडेका हुन्।

यसअघि पनि रियलले उनलाई भित्र्याउन प्रयास गरेको थियो।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : ०४ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष