आजदेखि खाद्यान्न घरमै निःशुल्क ढुवानी ! | Khabarhub Khabarhub

आजदेखि खाद्यान्न घरमै निःशुल्क ढुवानी !



काठमाडौँ– सरकारले आजदेखि उपभोक्ताको घरसम्म खाद्यवस्तुको निःशुल्क ढुवानी अर्थात डेलिभरी सेवा दिने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिममा उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर एक साताका लागि सरकारले खाद्यान्न होम डेलिभरीको व्यवस्था गरेको जनाइएको छ ।

यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड तयारी अवस्थामा रहेको पनि जानाइएको छ ।

उपभोक्ताले जुनसुकै समय कम्पनीको वेबसाइटमा गए अनलाइनमार्फत र सिधै फोनमार्फत पनि अर्डर गर्न सक्नेछन् ।

अर्डर कम्तीमा २ हजारको

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि अनलाइन अर्डर लिने र होम डेलिभरी गर्ने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् ।

उनका अनुसार कम्पनीमा एक ग्राहकले कम्तीमा २ हजार रुपैयाँ र बढीमा १५ हजार रुपैयाँसम्मको अर्डर गर्न सक्नेछन् । अर्डर गरेकै दिन घरमै डेलिभरी हुनेछ ।

कम्पनीले अहिले दाल, चामल, नुन, तेल लगायतका अत्यावश्यक खाद्य वस्तुको अभाव हुन नदिन डेलिभरीको व्यवस्था गरेको उनले बताइन् ।

कम्पनीबाट सञ्चालित इ–कमर्श पोर्टलमार्फत काठमाडौँ उपत्यकाको चक्रपथभित्र र बाहिर एक किलोमिटर सम्मको मोटरबाटो भएको ठाउँमा डेलिभरी गर्नेछ ।

न्यौपानेले भनिन् ‘हाम्रो आफ्नै वेबसाइट ‘नेपाल फूड डटकम जीओभी डट एनपी’ मार्फत चक्रपथभित्र र ‘सस्तो डिल डटकम’ र ‘मुकुण्डो’ मार्फत उपत्यकाभरि निःशुल्करूपमा उपभोक्ताको घर आँगनमा सामग्री ढुवानी हुनेछ ।’

यो समयमा उपभोक्ताले भान्सामा चामल, दाल, चिनी, नुन लगायतका सामग्री अभाव भएमा यी नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

फोन गर्नुस् घरमै आइपुग्छ : साल्ट ट्रेडिङ

काठमाडौँ उपत्यकाभित्र उपभोक्ताको घरसम्म खाद्यान्न पु¥याउन चार वटा भ्यान तयार रहेको कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले खबरहबलाई बताए ।

झाले माहामारीको समयमा घरमै बस्न अनुरोध गर्दै खाद्यान्न अभाव भएमा कर्पोेरेशनले दिएको नम्बरमा फोन गर्न अनुरोध गरेका छन् ।
कम्पनीले दैनिक उपभोगका वस्तु पिठो, चामल, चिनी, चिउरा, नुन, दाल लगायतका सामग्री होम डेलिभरी गर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामीसँग अनलाइन अर्डर छैन त्यसैले उपलब्ध गराएको नम्बरमा फोन गर्नुस् र अर्डर टिपाउनुस्, भ्यान पुग्ने ठाउँसम्म उपत्यकाभित्र जहाँ पनि पुग्नेछौँ ।’

कतिपय स्थानमा सार्वजनिक ठाउँमा भ्यान राखेर सामान डेलिभरी गराउदा भिडभाड बढ्ने हुँदा जनप्रतिनिधिले पनि सहयोग गरे थप सहज हुने उनको भनाइ छ ।

खाद्यान्नको अत्यधिक बिक्री हुने ठाउँ उपत्यका भएकाले मुख्य प्राथमिकतामा राखिएको बताउदै उनले भने, ‘बाहिर त स्थानीय उत्पादनले धानिरहेको हुन्छ तर पनि उपत्यकाबाहिरका धनगढी, पोखरा लगायतका शहरमा पनि यो सेवा दिइरहेका छौँ ।’

त्यसो त साल्ट ट्रेडिङले विगतमा भएको लकडाउन, दशैँ तिहार छठ लगायतका समयमा पनि यसरी निःशुल्क डेलिभरीको सेवा दिएको थियो ।

खाद्य व्यवस्था तथा व्यापार– सम्पर्क फोन

प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द– ९८५१३२०३१४
नायब महाप्रबन्धक, मणिराज खनाल– ९८५११४२२२२
सूचना अधिकारी शर्मिला सुवेदी– ९८४१३५२८२८
विभागीय प्रमुख, भीमबहादुर थापा– ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली, ज्ञानु थापा– ९८५११२१७८८
साल्ट ट्रेडिङ– सम्पर्क फोन
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ– ९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी– ९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल– ९८५१११३६६०
अधिकृत प्रज्ज्वल प्रधान– ९८४१३३२९९०

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ८ : ३० बजे

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच

शंखमूलमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित

कुशल भुर्तेलले नै दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो  सफलता हासिल गरेको