स्त्रीको सम्मान : प्रेरक प्रसङ्ग « Khabarhub

स्त्रीको सम्मान : प्रेरक प्रसङ्ग


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रसिद्ध हिन्दु राजा क्षेत्रपति शिवाजी गुरु रामदासका शिष्य थिए । उनले जीवनपर्यन्त हिन्दुत्व र हिन्दु राज्यको संरक्षणका लागि शक्तिशाली मुगल सम्राटहरुसँग बहादुरीका साथ लडे ।

शासकहरु साधारणतः भोगी र विलासी हुन्छन् । तर शिवाजी आफ्नो सिद्धान्तप्रति समर्पित, नीतिवान र अनुशासित व्यक्ति थिए ।

एक पटक उनका एक वीर सेनापतिले महाराष्ट्रको कल्याण किल्ला जिते । त्यो जितबाट उनलाई अस्त्र–शस्त्रसहित धेरै सम्पत्ति पनि हात लाग्यो । एक सैनिकले त्यस किल्लाका मुगल किल्लापतिकी परम सुन्दरी बुहारीलाई सेनापतिका अघि पेश गरे ।

सेनापति त्यस नवयौवनाको परम सौन्दर्यमाथि मुग्ध भए । यस्ती सुन्दरीलाई यदि मैले भेटीको रुपमा शिवाजीलाई चढाएँ भने उनी मसँग पक्कै औधी खुशी हुनेछन् भन्ने ठानेर एउटा पालकीमा उनलाई बोकी राजधानीतिर लागे ।

शिवाजीको नजिक पुगेर सेनापतिले भने, ‘महाराजको जय होस् । कल्याणको किल्ला हामीले जित्यौँ । धेरै अस्त्र शस्त्र हाम्रो लागेको छ ।’

शिवाजीले स्याबास भन्दै सेनापतिलाई अँगालो हाले ।

सेनापतिले खुशी हुँदै भने, ‘तपाईंको महलको शोभाका लागि मैले सुन्दर बहुमूल्य हीरा पनि ल्याएको छु । त्यो पालकीमा छ । तपाईं आफै गएर हेर्नुस् ।’

शिवाजीले कौतूहलवश पालकीको पर्दा उठाए । सुन्दर नवयौवनालाई देखेर भने, ‘यदि मेरी आमा पनि यति नै रुपवती भएकी भए, म पनि यत्तिकै सुन्दर हुन्थेँ होला !’

उनको शिर लज्जाले झुक्यो । सेनापतिलाई हप्काउँदै उनले भने, ‘मसँग यत्तिका दिनसम्म बसेर पनि तिमीले मेरो स्वभाव बुझ्न सकेका रहेनछौ । मैले पनि आफ्नो विलासका लागि मुगलका छोरी–बुहारीहरुको इज्जतसँग खेलवाड गर्न थालेँ भने म र मुगलहरुबीच फरक नै के भयो ? शिवाजी अरुकी छोरी–बुहारीलाई आफ्नी आमासमान सम्मान गर्छु । जाऊ यिनीसँग माफी माग । यिनलाई पूर्ण सम्मानका साथ उनका परिवारलाई जिम्मा लगाएर आऊ ।’

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ६ : ३० बजे

युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

तेहरान- क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै होइनन् : पासाङ दावा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको