कास्की र नवलपुरमा फेरि थपियो निषेधाज्ञा « Khabarhub

कास्की र नवलपुरमा फेरि थपियो निषेधाज्ञा


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशको कास्की जिल्ला र पूर्वी नवलपरासी जिल्लामा निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै दुवै जिल्लामा तेस्रो पटक निषेधाज्ञा थप गरिएको हो ।

दुवै जिल्लामा दोस्रो पटक थप गरी जेठ १४ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको थियो ।

नयाँ भेरिएन्टसहितको कोरोना संक्रमण झनै तीब्र रुपमा फैलिएको भन्दै निषेधाज्ञा थप गरिएको कास्की जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो । कास्कीमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । शुक्रबारदेखि थप गरिएको निषेधाज्ञा केही कडाई गरिएको छ ।

अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने तथा खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध लगायतका दैनिक उपभोग्य वस्तु वस्तु खरिदका लागि सवारी साधन प्रयोग गर्न नपाइने प्रशासनले जनाएको छ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न पनि पूर्ण रुपमा रोक लगाइएको छ ।

उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना बस्नको प्रवन्ध गर्नुपर्ने आदेशमा भनिएको छ ।

यस्तै, पूर्वी नवलपरासी जिल्लामा पनि शुक्रबार राती १२ बजेदेखि आगामी जेठ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ ।

बिहीबार बसेको डिसिसिएमसीको बैठकले जेठ २४ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  २ : ११ बजे

पूरा भयो केपी ओलीसँग बालेनको बदला, उनकै क्षेत्रमा पुगेर साढे ४९ हजार मतले हराइदिए

काठमाडौं– बालेन्द्र साह काठमाडौं महानगरपालिकामा हुँदादेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा

पाल्पा–१ मा कडा प्रतिस्पर्धा, १६ हजार ५२१ मतसहित कांग्रेसका राना अग्रस्थानमा

पाल्पा– पाल्पा क्षेत्र नम्बर १ मा जारी मतगणनामा निकै कडा

डाक्टर तोसिमालाई फेरि अवसर

काठमाडौं- प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर–३ बाट डा. तोसिमा कार्की

जितपछि तोसिमाले भनिन्- अब सुखका दिन आउँछन्

काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा

काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी

धुलिखेल– काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय