भेरी अस्पतालमा हिजो भएको घटना कालो दिन : चिकित्सक संघ « Khabarhub

भेरी अस्पतालमा हिजो भएको घटना कालो दिन : चिकित्सक संघ


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले भेरी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको भर्त्सना गर्दै घटना भएको हिजोको दिनलाई कालो दिनका रुपमा घोषणा गरेको छ ।

संघका महासचिव डा. बद्री रिजालले हिजो घटना भएको दिनलाई कालो दिन घोषणा गरेको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । संघले उक्त घट्नाको विरोधमा आज एकदिन हातमा कालोपट्टी बाँधेर काम गर्न पनि सबै स्वास्थ्यकर्मीमा अपिलसमेत गरेको छ ।

ड्यूटीमा खटिएका स्वास्थ्यकर्मीको काममा बाधा बिरोध गर्नेलाई बिना धरौटी थुनामा राखेर कारबाही गर्ने कानुन अध्यादेशमार्फत ल्याउन संघले सरकारसँग माग राखेको छ ।

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने कार्यमा संलग्न रहेका व्यक्तिलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न संघले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ३ : १५ बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा