बाँके घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह | Khabarhub Khabarhub

बाँके घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा रही अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पताल तोडफोडका घटनाले हालको सङ्कटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने स्वास्थ्यकर्मीको मनोबल र प्रतिष्ठामा नकारात्मक असर पर्ने भएकाले घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आयोगले आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड–१९ बाट उत्पन्न वर्तमान सङ्कटको परिस्थितिमा बाँकेको भेरी अस्पतालमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रतिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न र महामारीको सङ्कटपूर्ण अवस्थामा स्वास्थ्यजस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन आयोगले सरकारसँग आग्रह गरेको छ ।

उक्त घटनाको आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जले आजै स्थलगत अनुगमन गरिरहेको आयोगले जनाएको छ । बाँकेको भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको भन्दै मृतकका आफन्तले बिहीबार साँझ स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नुका साथै अस्पतालको कोभिड उपचार कक्षमा तोडफोड गरेको र चिकित्सक तथा नर्समाथि आक्रमण गरेपछि चार स्वास्थ्यकर्मी एक तलामाथिबाट हाम फालेको अनुगमनका क्रममा पाइएको छ ।

आयोगले स्वास्थ्यकर्मी सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म काममा नफर्कने भन्दै घटनाको विरोध गरिरहेको पाइएको जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ५ : ४५ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित