पाल्पा र दाङमा निषेधाज्ञा थपियो « Khabarhub

पाल्पा र दाङमा निषेधाज्ञा थपियो


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तानसेन– पाल्पा र दाङमा जारी निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो ।

कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै निषेधाज्ञा थप गरिएको जानकारी दिए । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न अर्थ मन्त्रालयबाट रु १ करोड ५० लाख निकासा भएकाले लुम्बिनी प्रदेश सरकारबाट आइसियू र भेन्टिलेटर खरिद गर्न रु ३ करोड प्राप्त भएको जिल्ला समन्वय समितिका कार्यवहाक संयोजक मिरा मरासिनीले जानकारी दिइन् ।

आजसम्म जिल्लामा ११ हजार ७७ जनाको कोरोना परीक्षण गरिएकामा तीन हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित छन् । दुई हजार २९ जना निको भएका छन् । अहिलेसम्म जिल्लामा ४५ जनाको सङक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दाङमा निषेधाज्ञा दश दिन थप

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप दश दिन लम्ब्याउने निर्णय गरेको हो ।

सङ्क्रमण र मृत्यु दर घट्दै गएको र जनस्वास्थ्य सुरक्षा अझै पूर्णरुपले गर्नुपर्ने पालना गराउने बैठकले निष्कर्ष निकालेको छ । बैठकले हप्तामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अब दैनिक बिहान ६ देखि ८ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

यसका लागि भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाउन पसल धनी र उपभोक्ताले विशेष ध्यान दिन भनिएको छ । – रासस

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ६ : २५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले