अक्सिजनको अभावले पोखरामा एकैसाथ छ जनाको निधन हुनु दुःखद : कांग्रेस « Khabarhub

अक्सिजनको अभावले पोखरामा एकैसाथ छ जनाको निधन हुनु दुःखद : कांग्रेस


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित छ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ ।

साथै कांग्रेसले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाम उपचाररत बिरामीको ठूलो सङ्ख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि गरेको र सरकार कहाँ छ भन्ने प्रश्नसमेत सिर्जना गरेको आरोप लगाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत जनताको मृत्यु यसरी कहालीलाग्दो ढङ्गले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।

कांग्रेसले देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको भएको उल्लेख गर्दै सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका घटनाहरुको जिम्मेवार पनि सरकार नै हुनुपर्ने जिकिर गरेको छ ।

अक्सिजनको अभावमा एकसाथ जीवन गुमाएका छ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युपश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न समेत कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ६ : ५७ बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा