पोखराको नगरपालिका भवनमै बन्यो कोरोना अस्पताल « Khabarhub

पोखराको नगरपालिका भवनमै बन्यो कोरोना अस्पताल



पोखरा– कास्कीको साविक लेखनाथ नगरपालिकाको कार्यालय भवनलाई कोरोना अस्पताल बनाइएको छ ।

साविक लेखनाथ नगरपालिकाको कार्यालय भवनमा रहेको २७ नम्बर वडा कार्यालयलाई तालचोकमा सारिएको छ ।

पोखराका कोरोना संक्रमण दर बढ्ने क्रम कायमै हुँदा कोरोना विशेष अस्पतालमा विरामी राख्न समस्या हुने देखिएपछि पोखरा महानगरपालिका र लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बी १ को संयुक्त पहलमा अस्थायी कोभिड अस्पताल बनाइएको हो ।

साविक लेखनाथ नगरपालिकाको उक्त भवनलाई पोखरा महानगरपालिकाले अस्पताल बनाउनका लागि गत जेठ ५ गते सम्झौता गरेपछि कोभिड अस्पताल निर्माण कार्य शुरु गरिएको थियो । यो अस्थायी कोभिड अस्पतालको हरेक बेडमा अक्सिजन पाइप जडान गरिएको छ ।

साथै अस्थायी अस्पताल परिसरभित्र फार्मेसी भवन तयार पारिएको छ भने केही शौचालयहरु थपिएका छन् । बिरामी र स्वास्थ्यकर्मीका लागि अस्पतालभित्र छुट्टाछुट्ट्रै प्रवेशद्वार बनाइएको छ ।

डाक्टर र नर्स लगायत स्वास्थ्यकर्मी बस्ने कोठा तयार पारिएका छन् भने उपचारको क्रममा प्रयोग गरिने कपडा तथा पीपीई लगाउने÷फेर्ने ब्यवस्थाका लागि पनि छुट्टै भवन बनाइएको छ ।

अक्सिजन पाइपलाइनको कोठा निर्माण, डाक्टर, नर्सहरुले कोभिड बिरामी हेरिसकेपछि नुहाउनका लागि डफिन बनाउने काम तथा इन्टरनेट जडान लगायतका कामहरु रातदिन खटेर सम्पन्न गरिएको गरिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए ।

अस्पतालका लागि भित्री निर्माणको कामहरु लगभग पूरा भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बरालले जानकारी दिए । उनका अनुसार लगातार तीन दिनदेखि पानी परिरहेकाले बाहिरबाट र्याम जोड्नुपर्ने लगायतका केही कामहरु गर्न बाँकी छ ।

इन्जिनियरहरुले चिकित्सकहरुलाई भवन हस्तान्तरण गर्ने काम शुक्रवार सम्पन्न गरिएको छ । अब आवश्यक परेको खण्डमा विरामी राख्न सकिने अवस्थामा पुगिएको बरालले बताए । अक्सिजनको प्रेसरहरु परीक्षण गर्नुपर्ने भएकाले अब डाक्टरहरुले मेडिकलको काम शुरु गर्ने भएका छन् ।

मेडिकलको कामसँगै अस्पतालको ब्यवस्थापकीय काम गरेपछि एक दुई दिनमा विरामी भर्नाका लागि आह्वान गरिने जनाइएको छ ।

शिशुवा अस्पतालको मातहतमा रहने गरी तयार गरिएको यो अस्थायी कोभिड अस्पतालका लागि गण्डकी अस्पतालबाट एक जना सिनियर डाक्टर माग गरिएको बरालले बताए । कोभिड वार्डको नेतृत्व तिनै सिनियर डाक्टरले गर्ने तथा ब्यवस्थापकीय कार्य शिशुवा अस्पतालले हेर्ने नगरपालिकाले जनाएको छ ।

लायन्स क्लवले बेड, मेट्रेस, पर्दा, पानी तताउने सोलार, अक्सिजन कन्सन्ट्रेटर लगायत सामग्रीहरु उपलब्ध गराएको छ भने भौतिक पूर्वाधार निर्माणको काम महानगरपालिकाले गरेको छ ।

यो अस्पतालमा कोभिडका सामान्य र मध्यम खाले बिरामीको उपचार गरिने शिशुवा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट प्रतिभा कोइरालाले जानकारी दिइन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ९ : ०३ बजे

पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र

काठमाडौं– पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र बनेको छ। ख्वाजा

काठमाडौंकाे ट्राफिक व्यवस्थापनमा पनि खटिए म्यादी प्रहरी (तस्बिरहरू)

काठमाडौं- निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गएको

विष्णु पौडेल भन्छन् : केही मिडियाका प्रक्षेपण गलत नियतसहित आएका छन्, हामी जित्दैछौँ

रुपन्देही- नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक

करेन्ट लागेर टिपर चालकको मृत्यु

सिरहा– यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक