गण्डकीमा एकैदिन ३० कोरोना संक्रमितको मृत्यु « Khabarhub

गण्डकीमा एकैदिन ३० कोरोना संक्रमितको मृत्यु


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका १२ जनासहित गण्डकीमा ३० जनाको मृत्यु भएको हो ।

यस्तै, गएको २४ घण्टामा तनहुँका छ जना, गोरखा र स्याङ्जाका ३÷३ जना, पर्वत र मुस्ताङ्का २÷२ जना तथा नवलपुर र बागलुङका १-१ जनाको आज कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६२४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै, शुक्रबार गण्डकीमा थप ८०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४९० जनामा गरिएको नमुना परीक्षणमा ८ सय ८ जनामा संक्रमण पुष्टी भएको हो ।

आज संक्रमण पुष्टी हुनेमा सबैभन्दा बढी कास्की जिल्लाका २ सय ९ जना रहेका छन् ।

यस्तै, नवलपुरका १३४, पर्वतका १३३, बाग्लुङका १३२, गोरखाका ७७, तनहुँका ५४, स्याङ्गजाका ५१, म्याग्दीका १२, लमजुङका चार तथा मुस्ताङ र मनाङ जिल्लाका थप १÷१ जनामा कोेरोना संक्रमण पुष्टी भएको निर्देशनालयको आज प्रकाशित पछिल्लो विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४० हजार ४९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ७७० जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २८ हजार ५९६ पुगेको छ । प्रदेशमा अहिले ११ हजार २७५ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : १५ बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा