गण्डकीमा एकैदिन ३० कोरोना संक्रमितको मृत्यु « Khabarhub

गण्डकीमा एकैदिन ३० कोरोना संक्रमितको मृत्यु


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका १२ जनासहित गण्डकीमा ३० जनाको मृत्यु भएको हो ।

यस्तै, गएको २४ घण्टामा तनहुँका छ जना, गोरखा र स्याङ्जाका ३÷३ जना, पर्वत र मुस्ताङ्का २÷२ जना तथा नवलपुर र बागलुङका १-१ जनाको आज कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६२४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै, शुक्रबार गण्डकीमा थप ८०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४९० जनामा गरिएको नमुना परीक्षणमा ८ सय ८ जनामा संक्रमण पुष्टी भएको हो ।

आज संक्रमण पुष्टी हुनेमा सबैभन्दा बढी कास्की जिल्लाका २ सय ९ जना रहेका छन् ।

यस्तै, नवलपुरका १३४, पर्वतका १३३, बाग्लुङका १३२, गोरखाका ७७, तनहुँका ५४, स्याङ्गजाका ५१, म्याग्दीका १२, लमजुङका चार तथा मुस्ताङ र मनाङ जिल्लाका थप १÷१ जनामा कोेरोना संक्रमण पुष्टी भएको निर्देशनालयको आज प्रकाशित पछिल्लो विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४० हजार ४९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ७७० जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २८ हजार ५९६ पुगेको छ । प्रदेशमा अहिले ११ हजार २७५ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : १५ बजे

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका