निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २४४ सवारी साधन कारबाहीमा | Khabarhub Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २४४ सवारी साधन कारबाहीमा


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा लागू निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ५ सय ४८ वटा गाडी र १ हजार ६९६ वटा मोटरसाइकल रहेका छन् ।

नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार २ सय जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय ९७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम ६१ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै ३ हजार ७ सय ८२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

देशभर सञ्चालित ९४ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ७ सय ६४ जनालाई सचेत गराइएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ११ : १५ बजे

फेरी एक पटक अन्तरिक्ष उडानमा ब्लू ओरिजिन

काठमाडौं– अन्तरिक्ष यात्रा गर्ने सबैको सपना हुन्छ । तर त्यस्ता

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं – कथावाचक साइग्रेस पोखरेलको श्रव्य उपन्यास ‘अधुरो प्रेम’को कथामा

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई महिनापछि संसद्मा उभिएर

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं– कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि