नेयमारबिनाको खेलमा इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल « Khabarhub

नेयमारबिनाको खेलमा इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोपा अमेरिका कप फुटबलमा आयोजक ब्राजिल र इक्वेडरसँग बराबरीमा रोकिएको छ ।

सोमबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो ।

पेड्रो ओलम्पिक स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो ।

खेलको ३७औँ मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए ।

यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको ब्राजिलले स्टार फरवार्ड नेयमारलगायतका खेलाडीलाई विश्राम दिएको थियो । बराबरी पछि पनि ब्राजिल समूह ‘बी’ को समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । समूह चरणमा अपराजित ब्राजिलले ४ खेलमा १० अंक जोड्यो ।

इक्वेडरले ४ खेलमा ३ अंक जोड्यो । इक्वेडर पनि चौथो स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : ५० बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।