धनकुटामा गाडी दुर्घटना, ९ जना घाइते | Khabarhub Khabarhub

धनकुटामा गाडी दुर्घटना, ९ जना घाइते


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुकुटा- धनकुटामा नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको गाडी आपसमा ठोक्किदा ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाई, उनका चालक शिवबहादुर खड्का र नेपाली सेनाका ७ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार धनकुटाको हिलेबाट धरानतर्फ गइरहेको नेपाली सेनाको नेपाली सेनाको दुई नम्बर बाहिनी अड्डा हिलेको प्र.३–३०१ ००१–३७१९ नम्बरको गाडी र धरानबाट धनकुटातर्फ गइरेहेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ८७१२ नम्बरको जीप मुलघाट नजिकै ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुईवटा गाडी ठोक्कीदा सेनाको गाडी सडकबाट डिलमुनि खसेको थियो भने स्वास्थ्य कार्यालयको गाडी पनि क्षति भएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : २० बजे

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय