नागरिक समाजसँग छलफल गर्दै विपक्षी पाँच दलको गठबन्धन « Khabarhub

नागरिक समाजसँग छलफल गर्दै विपक्षी पाँच दलको गठबन्धन


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनपछि सरकारविरूद्ध आन्दोलीत विपक्षी पाँच दलको गठबन्धनले आज नागरिक समाजसँग छलफल गर्दैछ ।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला  विपक्षी गठबन्धनले आफ्नो सक्रियता बढाएको हो ।

बिहीबार विभिन्न मिडियाका सम्पादक र शनिवार राजनीतिक बिट हेर्ने सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेको गठबन्धनले त्यसअघि पाँच विद्यार्थी संगठनलाई सडक संघर्षमा उतारेको थियो ।

गठबन्धनका शीर्ष नेताहरूले आज २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग छलफल गर्दै प्रतिनिधिसभा विघटनबारे उनीहरूको धारणा बुझ्नेछन् । त्यसपछि आफ्ना भनाइ राख्ने तयारी छ ।

पाँच दलीय गठवन्धनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कानूनी र राजनीतिक चुनौती दिँदै आएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : ५० बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी