नेपाली व्यवसायी संघ कतारद्वारा एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग « Khabarhub

नेपाली व्यवसायी संघ कतारद्वारा एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली व्यवसायी संघ, कतारले कोरोना भाइरस (कोभिड- १९) बाट प्रभावित नेपाली समुदायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य सामग्रीहरुमा १४ थान भेन्टिलेटर, ४२ थान अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय थान पल्स अक्सिमिटर र ५० थान नेजल क्यानुला रहेको नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले जानकारी दिए ।

अध्यक्ष चौलागाईका अनुसार एक करोड २० लाख रुपैयाँ बराबरको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र नेजल क्यानुला व्यवसायी संघ कतारका प्रतिनीधिले स्वास्थ्य मन्त्रालयका प्रमुख डाक्टर रोशन पोख्रेललाई हस्तान्तरण गरिएको बताए ।

उक्त सामग्री स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशका प्रादेशिक अस्पतालहरुलाई समान संख्यामा वितरण गरिनेछ । जस अन्तर्गत हरेक प्रदेशले दुई वटा भेन्टिलेटर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर, ३०० वटा पल्स अक्सिमिटर, सात वटा नेजल क्यानुला पाउनेछन् ।

१ करोड २० लाख रकम संघमा आवद्ध व्यवसायीहरुबाट संकलन गरी स्वास्थ्य सामग्री खरिद गरी स्वदेश पठाईएको उनले बताए ।

नेपाली दूतावासको समन्वयमा कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजको संरक्षकत्वमा नेपाली व्यवसायी संघ कतारका पदाधिकारीसहितको सहयोग समिति बनाइ उक्त रकम संकलन गरेको थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ११ : ०५ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय