नेपाली व्यवसायी संघ कतारद्वारा एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग « Khabarhub

नेपाली व्यवसायी संघ कतारद्वारा एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली व्यवसायी संघ, कतारले कोरोना भाइरस (कोभिड- १९) बाट प्रभावित नेपाली समुदायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य सामग्रीहरुमा १४ थान भेन्टिलेटर, ४२ थान अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय थान पल्स अक्सिमिटर र ५० थान नेजल क्यानुला रहेको नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले जानकारी दिए ।

अध्यक्ष चौलागाईका अनुसार एक करोड २० लाख रुपैयाँ बराबरको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र नेजल क्यानुला व्यवसायी संघ कतारका प्रतिनीधिले स्वास्थ्य मन्त्रालयका प्रमुख डाक्टर रोशन पोख्रेललाई हस्तान्तरण गरिएको बताए ।

उक्त सामग्री स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशका प्रादेशिक अस्पतालहरुलाई समान संख्यामा वितरण गरिनेछ । जस अन्तर्गत हरेक प्रदेशले दुई वटा भेन्टिलेटर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर, ३०० वटा पल्स अक्सिमिटर, सात वटा नेजल क्यानुला पाउनेछन् ।

१ करोड २० लाख रकम संघमा आवद्ध व्यवसायीहरुबाट संकलन गरी स्वास्थ्य सामग्री खरिद गरी स्वदेश पठाईएको उनले बताए ।

नेपाली दूतावासको समन्वयमा कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजको संरक्षकत्वमा नेपाली व्यवसायी संघ कतारका पदाधिकारीसहितको सहयोग समिति बनाइ उक्त रकम संकलन गरेको थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ११ : ०५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै