मदन जयन्तीमा माधव नेपालको गुनासो- एमाले विधान, विधि र सिद्धान्तमा चलेन | Khabarhub Khabarhub

मदन जयन्तीमा माधव नेपालको गुनासो- एमाले विधान, विधि र सिद्धान्तमा चलेन


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेबाट निष्कासन गरिएका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधान, विधि र सिद्धान्त अनुरुप चलनेको गुनासो गरेका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा नेपालले एक वक्तव्य जारी गर्दै पार्टी र सरकार संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप नचलेको गुनासो गरेका हुन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार गरिरहेको उनले आरोप पनि लगाएका छन् ।

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,’ उनले वक्तव्यमा भनेका छन् ।

हेर्नुहोस् नेपालले जारी गरेको वक्तव्य

७० औँ मदन जयन्तीको हार्दिक शुभकामना !

आज असार १४, नेकपा एमालेका तत्कालीन महासचिव जननेता कमरेड मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्ती, सबैभन्दा पहिले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका सहयोद्धा कमरेड मदन भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलन समेतको  अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक   प्रयोग र विकासको नयॅा आधार निर्माण गर्यौं। यसै सन्दर्भमा कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने ,लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने,स्वच्छ छवि कायम राख्ने,जनताको दुख- सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उहाँको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो।

शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो  यथार्थ एवम् हामी सबैका लागि दु:खद अवस्था हो । अत: विद्यमान वैचारिक-राजनैतिक-सांस्कृतिक -आर्थिक विचलनविकृति,विसंगति,सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आव्हान सहित पुन: जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

माधवकुमार नेपाल, १४ असार २०७८

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १० : २० बजे

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ गतदेखि काठमाडौंमा

रुससँग मिलेर चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिकमा, अमेरिका चिन्तित

काठमाडौं- चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिक महासागरमा प्रवेश गरेको

शंकर पोखरेलको स्षप्टीकरण : प्रधानमन्त्रीले अंग्रेजी नजानेर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नु भएको होइन

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री

उत्तरी थाइल्याण्डमा बाढीमा फसेका सय भन्दा बढी हात्तीको उद्धार

काठमाडौं- उत्तरी थाइल्याण्डमा भएको भीषण वर्षापछि आएको बाढीले प्रभावित भएका

दशैंमा घर जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी औषधि

काठमाडौं–  नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै राजधानी शहर छाड्नेको चहलपहल