राजकुमारले मनीषालाई भने–फिल्म बाँदर निर्देशकले बनाउछन् « Khabarhub

राजकुमारले मनीषालाई भने–फिल्म बाँदर निर्देशकले बनाउछन्


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडमा राजकुमार एक यस्तो नाम हुन्, जो सदाका लागि फिल्म इतिहासको एक हिस्सा बने । उनी आफ्नो कडा बोलीका कारण चर्चित बनिरहे ।

फिल्म ‘इनसानियत के देवता’मा राजकुमारले अभिनेत्री मनीषा कोइरालासँग सहकार्य गरेका थिए । यो फिल्मको सुटिङमा मनीषासँग जोडिएको एक किस्सा अहिले पनि बलिउडमा चर्चाको विषय बन्ने गरेको छ ।

यो फिल्मको सुटिङमा मनीषालाई राजकुमारले भनेको एउटा संवाद अहिले पनि सम्झना आइरहन्छन् । उनले एक अन्तरवार्तामा राजकुमारले आफूलाई भनेको त्यो कुरा सधैं सम्झिइरहने उल्लेख गरेकी छन् ।

मनीषाले बलिउडमा फिल्म ‘सौदागर’बाट करियरको सुरुवात गरिन् । यो फिल्ममा राजकुमारको पनि अभिनय थियो । त्यहीकारण पनि राजकुमारको बोल्ने शैली कस्तो छ भन्ने कुरामा मनीषा जानकार थिइन् । राजकुमारको ठाडो र कडा बोल्ने शैलीका कारण मनीषा राजकुमारबाट टाढिन खोज्थिइन् ।

एकदिन फिल्म ‘इनसानियत के देवता’को सेटमा मनीषा चुपचापका साथ बसिरहेकी थिइन् । मनीषालाई शान्त बसेको देखेर राजकुमार उनको छेउमा पुगेर ‘तिमी आज यती धेरै उदास किन छौ छोरी ?’ भनी सोधे ।

त्यो समयमा ‘सौदागर’ पछि मनीषाका कैयौं फिल्म फ्लप भइरहेका थिए । त्यहीकारण पनि उनमा चिन्ता बढेको थियो । यो कुरा राजकुमारले पनि बुझेका थिए । उनले मनीषालाई ‘के तिमी आफ्नो फिल्म फ्लप भएका कारण चिन्तित छौ ?’ भनेर सोधे ।

‘तिमी चिन्तित नहुनु । यी फिल्म बाँदर निर्देशकले बनाउछन्’, उनले मनीषालाई भने । मनीषालाई यसो भनिरहँदा ‘इनसानियत के देवता’का निर्देशक त्यही उभिएर राजकुमारको कुरा सुनिरहेका थिए ।

राजकुमारले निर्देशककै अगाडि ‘बाँदर’ भने पनि ती निर्देशकले कुनै प्रतिक्रिया जनाएनन् । किनकी राजकुमार कडा र मनमा पाप नराखी बोल्छन् भन्ने थाहा थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ११ : २० बजे

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्